न्यू किवोमा अभिभावक–विद्यालय सहकार्य सुदृढ बनाउन परामर्श कार्यक्रम सम्पन्न ।

धादिङबेशी ।
न्यू किवो बोर्डिङ स्कुलले अभिभावक–विद्यालय सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले अभिभावक दिवस तथा परामर्श सेवा कार्यक्रम सम्पन्न गरेको छ। शनीबार बोर्डिङका प्रिन्सिपल प्रयास रेग्मीको सभापतित्व तथा नगरपालिकाका प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । शनिबार आयोजित कार्यक्रम यस वर्ष विगतभन्दा फरक ढंगले दुई चरणमा सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।
पहिलो सत्रमा कक्षा पीजीदेखि कक्षा २ सम्म अध्ययनरत विद्यार्थीका अभिभावकहरू सहभागी भएका थिए। भने दोस्रो सत्रमा कक्षा ३ देखि १० सम्मका विद्यार्थीका अभिभावकलाई लक्षित गर्दै “वर्तमान समयमा सफल अभिभावक कसरी बन्न सकिन्छ” विषयमा काउन्सिलिङ कार्यक्रम सञ्चालन गरिएको थियो। बदलिँदो सामाजिक परिवेशमा अभिभावकको भूमिकालाई प्रभावकारी बनाउने विषयमा मोटिभेसनल स्पिकर तथा लाइफ कोच बी.के. शर्माले साना बालबालिकाको मनोविज्ञान, व्यवहार व्यवस्थापन र सकारात्मक अभिभावकत्वका विषयमा परामर्श दिनुभएको थियो ।

दुवै सत्रमा अभिभावकहरूका लागि गोलाप्रथामार्फत तृतीय हुनेलाई आगामी शैक्षिक सत्रमा मासिक शुल्कमा २५ प्रतिशत, द्वितीयलाई ५० प्रतिशत र प्रथम हुनेलाई ७५ प्रतिशतसम्म छुट प्रदान गरिने घोषणा गरिएको थियो । सहभागी अभिभावकहरूले कार्यक्रमले बालबालिकाको सही मार्गदर्शनका लागि आफूहरूलाई थप प्रेरणा र स्पष्टता दिएको प्रतिक्रिया दिनुभएको छ ।
यसै अवसरमा शैक्षिक सत्र २०८१ मा कक्षा १ देखि १० सम्म उत्कृष्ट जीपीए हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान कार्यक्रम समेत गरिएको थियो । कक्षा पीजीदेखि १० सम्म अध्यापन गराउने शिक्षक–शिक्षिकामध्ये शिक्षिका लक्ष्मी भट्ट र शिक्षक अच्युत भट्ट सम्मानित भएका छन्।
प्रमुख अतिथी ढुङ्गानाले नगरपालिकाले भौतिक पूर्वाधारभन्दा शिक्षालाई पहिलो प्राथमिकता दिएको उल्लेख गर्दै सामुदायिक विद्यालयमा कक्षा १२ सम्म पूर्ण रूपमा निःशुल्क शिक्षा प्रदान गरिरहेको जानकारी दिनुभयो। साथै शिक्षामा ४० प्रतिशतभन्दा बढी बजेट विनियोजन पनि गरिएको उहाँको भनाइ छ ।
विगतमा सडक तथा भौतिक संरचनामा केन्द्रित विकास अवधारणाका कारण शिक्षामा अपेक्षित लगानी हुन नसकेको उल्लेख गर्दै नगरप्रमुख ढुङ्गानाले दक्ष जनशक्ति अभावकै कारण युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य भएको धारणा राख्नुभयो । शैक्षिक सुधारमार्फत परिस्थितिमा सकारात्मक परिवर्तन हुँदै गएको उहाँले दाबी गर्नुभयो । नगरपालिकाले हाल डाक्टर अध्ययनरत विद्यार्थीलाई एक लाख रुपैयाँसम्म, इन्जिनियरिङ अध्ययनरतलाई ४० हजार रुपैयाँसम्म तथा अन्य विद्यार्थीलाई ५ देखि ७ हजार रुपैयाँसम्म प्रोत्साहनस्वरूप सहयोग उपलब्ध गराउँदै आएको जानकारी पनि उहाँले जानकारी दिनुभयो । ढुङ्गानाले २०८१ को एसईई परीक्षामा ४ जीपीए ल्याउने दुई विद्यार्थीलाई जनही ५० हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको जानकारी दिँदै आगामी दिनमा कक्षा ८ बाटै ४ जीपीए ल्याउने विद्यार्थीलाई समेत प्रोत्साहन गर्ने योजना रहेको बताउनुभयो।
यस्तै विद्यालयका प्रधानाध्यापक रेग्मीले विद्यालय, अभिभावक र विद्यार्थीबीचको त्रिपक्षीय सहकार्यले मात्र बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित हुने बताउनुभयो। विद्यालयले कक्षा ७ सम्म ‘एक्टिभिटी बेस्ड लर्निङ’ पद्धतिमा अध्यापन गरिरहेको र माथिल्ला कक्षामा बोर्ड परीक्षाको ढाँचाअनुसार तयारी गराउँदै उत्कृष्ट नतिजा हासिल गरिरहेको जानकारी दिनुभयो। विद्यालयका गतिविधिहरू विभिन्न सञ्चार माध्यम तथा आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिँदै आएको बताउनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन








