कास्कीका पत्रकारलाई निर्वाचन रिपोर्टिङ सम्बन्धी तालिम

कास्कीका पत्रकारलाई निर्वाचन रिपोर्टिङ सम्बन्धी तालिम

पोखरा ।
कास्कीमा क्रियाशील पत्रकारहरुलाई लक्षित गरी निर्वाचन रिपोर्टिङ सम्बन्धी दुई दिने तालिम पोखरामा सुरु भएको छ । नेपाल पत्रकार महासंघ कास्कीको आयोजना र प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा बुधबारदेखि तालिम सुरु भएको हो ।

तालिमको शुभारम्भ गर्दै कास्की जिल्ला अदालतका न्यायाधीश एवम प्रतिनिधि सभा निर्वाचन कास्की क्षेत्र नम्बर ३ का मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले निवार्चनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउन सञ्चारमाध्यम र पत्रकारको महत्वपूर्ण भूमिका रहने बताए ।

निर्वाचनका क्रममा गरिने समाचार संप्रेषण र रिपोर्टिङलाई सत्य, निष्पक्ष र स्वतन्त्र बनाउन महासंघले तालिम आयोजना गरेकोमा धन्यवाद दिए ।

निवार्चन आचारसहिंत र निर्वाचन प्रक्रियाका बारेमा आफ्नो प्रस्तुतिकरण राख्दै गण्डकी प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी नारायण ढकालले पत्रकारले निर्वाचनका बेला आफ्नो पक्षधरता नदेखाई स्वतन्त्र रुपमा आम जनता माझ यथार्थ सूचना प्रकाशन र प्रसारण गर्नुपर्ने बताए ।

तालिममा समाधान दैनिकाका प्रधान सम्पादक पत्रकार भरत कोइरालाले पत्रकारले निवार्चन रिपोर्टिङका क्रममा बटुलेको अनुभव सनाउँदै आमसञ्चार माध्यमले पाठक,स्रोता र दर्शक प्रतिको विश्वास नगुमाउन निष्पक्ष एवम् तथ्यपरक समाचार प्रकाशन गर्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले निर्वाचनलाई भयरहित र धाँधली रहित बनाउन पत्रकारिताको पनि भूमिका रहने भएकाले  निर्वाचन सम्बन्धी रिपोर्टिङ तालिम आयोजना गरिएको बताए । उनले पत्रकारितले जहिले पनि देश र जनाताको पक्षमा हुनुपर्ने बताए ।

अध्यक्ष बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मी र सञ्चालन सचिव भुपाल गुरुङले गरेका थिए ।

विभिन्न संचारमाध्यममा आवद्घ ७५ जना पत्रकार तालिममा सहभागी भएको सहसचिव तथा प्रचार विभाग प्रमुख मधु अधिकारीले जानकारी दिए ।

बिहीबारसम्म सञ्चालन हुने तालिममा निर्वाचन सम्बन्धी कानुन, निर्वाचन प्रक्रिया, पत्रकार आचारसंहिता र निर्वाचन सुरक्षा संवेदनशिलता लगाय विषय समेटिएका छन् ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20859, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 6   +   8   =  

Protected by Spam Master