शनिबार आहा रारा पोखरा गोल्डकपको फाइनल,जावलाखेल र आयोजक सहारा क्लब वीच राेचक भिडन्त

पाेखरा । २५ औं संस्करणका आहारारा पोखरा गोल्डकको फाईनल शनिबार पोखरा रंगशालामा हुदैछ । जावलाखेल र आयोजक सहारा क्लब उपाधिको लागि प्रतिस्पर्धा हुनेछ ।
चार पटक फाईनल पुगेको सहाराले दोस्रो पटक उपाधि हात पार्ने लक्ष्य रहेको जनाइएको छ भने सहाराले घरेलु मैदानमा दोस्रो पटक उपाधि उचाल्दै इतिहास दोहोर्याउने लक्ष्य छ ।
एघारौं संस्करणमा उपविजेता बनेको सहाराले बाह्रौमा उपाधि जितेको थियोे । सहाराले ९ वर्षपछि पुन फाईनल खेल्दै छ । उपाधिको बाह्रवर्षको संघारमा पुगेको सहाराले बाह्रवर्षपछि फेरी उपाधि प्राप्त गर्ने प्रयासमा रहेको प्रशिक्षक सुनिल राना मगरले बताए ।
जावलाखेल प्रि–क्वाटरफाइनलमा मच्छिन्द्र क्लवलाई २–०, क्वाटरफाइनलमा अपी चर्च ब्वाईज युनाईटेडलाई ३–० र सेमीफाइनलमा विदेशी टोली आभा एफसी उज्वेकिस्तानलाई १–० ले पन्छाउँदै फाइनलमा प्रवेश गरेको हो । जावलाखेल १४ वर्षपछि पोखराको मैदानमा फाईनल प्रवेश गरेको हो ।
१४ वर्ष अघि फाईनलमा उपाधि विहीनको अवस्थालाई अन्त्य गर्दै इतिहास कोेर्ने लक्ष्यमा जावलाखेल रहेको छ । दुवैको रणनीति उपाधि उचाल्ने हो, त्यसको लागि आन्तरिक तयारी रहेको जाउलाखेलका प्रशिक्षक सुनिलकुमार श्रेष्ठ बताए।
जावलाखेलले उज्वेकिस्तानी टोली आभा फुटबल क्लबलाई पराजित गर्दै फाईनल प्रवेश गर्दा आफनो सेट टिमको खेलाडीलाई बेन्चमा राख्नुपर्ने छ । सहाराले भने आफनो सेट टिमलाई मैदान उतार्दै उपाधि उचाल्ने योजना बुनेको छ ।
जावलाखेलको आफनो सेट टिमबाट खेल्दै आएका युवराज ढकाललाई रातो कार्डसहित बेन्चमा हुदा उनको स्थानमा बैकल्पिक खेलाडी मैदान उत्रिने छन् । १४ वर्ष अघिको मनाङ मस्र्याङ्दी क्लबसँग फाईनलमा हारको पीडा भुल्दै उपाधि उचालेर इतिहास कोर्ने टिम क्याप्टेन युनेस चौधरीले बताए ।
सहाराले प्रि–क्वाटरफाइनलमा ईन्टरनेसनल फुटबल क्लव हङकङलाई १–०, क्वाटरफाइनलमा नेपाल पुलिस क्लवलाई सडन डेथमा ६–५ र सेमीफाइनलमा मनाङमस्र्याङ्दी क्लवलाई सडन डेथमै ७–६ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
आयोजक सहारा क्लव पोखराले जिते उसले ईतिहास दोहो¥याउने छ । वर्षअघि २०७३ सालमा उपाधि भिडन्तमा चुकेको सहारा यस पटक जित्न लालयीत रहेको सहाराका टिम क्याप्टेन सुशील लामा बताए ।
सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजन रहेको आहारारा पोखरा गोल्डकपको पच्चीसौं संस्करणको विजेताले १४ लाख १ हजार राशीसहितको उपाधि र उपविजेताले ७ लाख १ हजार प्राप्त गर्नेछ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20933, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १०, बिहीबार १७:२०विज्ञापन नीति खारेजीको माग गर्दै पत्रकार महासंघ कास्कीको ज्ञापनपत्र
समाचार२०८३ बैशाख १०, बिहीबार १५:०७प्युठानमा तीर्थयात्री बोकेको जिप दुर्घटना: एक बालकको मृत्यु, २१ जना घाइते
समाचार२०८३ बैशाख १०, बिहीबार ०६:३११० औं पोखरा स्पोर्टस अवार्डलाई टाइगर ग्रुपकाे साथ
समाचार२०८३ बैशाख १०, बिहीबार ०६:२४लेउवा संघमा ‘बिजनेश ईन्कुबेशन’ सम्बन्धी अभिमुखिकरण








