१२ वर्षपछि सहाराको कमब्याक:२५औं आहारारा पोखरा गोल्डकपको उपाधि आयोजक सहारालाई

पाेखरा । आयोजक सहारा क्लब पोखरा ले २५औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। पोखरा रंगशाला मा शनिबार भएको फाइनलमा जावलाखेल युथ क्लब लाई २–० ले पराजित गर्दै सहाराले १२ वर्षपछि पुनः उपाधि उचालेको हो।
रजत वर्ष (सिल्भर जुब्ली) संस्करणको सुखद समापन गर्दै सहाराले ट्रफीसँगै १४ लाख रुपैयाँ पुरस्कार हात पार्यो। उपविजेता जावलाखेलले ७ लाख १ हजार रुपैयाँमा चित्त बुझायो।
सहाराको जितमा मुकुन्दकुमार निउरे र टाए डानियलले एक–एक गोल गरे। खेलको २५औं मिनेटमा निउरेले अग्रता दिलाए भने ७३औं मिनेटमा डानियलले गोल थप्दै जित सुनिश्चित गरे। सहाराले पछिल्लोपटक वि.सं. २०७० सालमा उपाधि जितेको थियो।
फाइनलसम्मको यात्रा
माघ २७ गतेबाट सुरु प्रतियोगितामा ३ विदेशी टिमसहित १२ टोली सहभागी थिए। २५औं वर्ष पुगेको अवसरमा यस संस्करणलाई ‘सिल्भर जुब्ली’ नाम दिइएको थियो। प्रारम्भमा फ्लडलाइटमा खेलाउने योजना भए पनि प्राविधिक कारणले दुई दिनपछि खेल दिउँसोमै सारिएको थियो।
सहाराले प्रि–क्वाटरफाइनलमा हङकङको गोर्खा इन्टरनेसनल फुटबल क्लबलाई १–०, क्वाटरफाइनलमा नेपाल पुलिस क्लब लाई तथा सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लब लाई सडेन डेथमा पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो।
जावलाखेलले प्रि–क्वाटरफाइनलमा मच्छिन्द्र क्लब, क्वाटरफाइनलमा चर्च ब्वाइज युनाइटेड र सेमिफाइनलमा उज्वेकिस्तानको आभा एफसी लाई हराउँदै फाइनल प्रवेश गरेको थियो।
मुकुन्द सर्वोत्कृष्ट
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) सहाराका मुकुन्दकुमार निउरे घोषित भए। उनले टेलजी स्कुटर पुरस्कार पाए।
सर्वाधिक गोलकर्ता प्लानिङ ब्वाइज युनाइटेड का पापा इबु कोवे ३ गोलसहित शीर्षमा रहे। उत्कृष्ट गोलकिपरमा सहाराका टिकेन्द्र थापा, उत्कृष्ट डिफेन्डरमा सहाराकै टाए डानियल, उत्कृष्ट मिडफिल्डरमा जावलाखेलका बौबोकार सिसोखो र उत्कृष्ट फरवार्डमा जावलाखेलकै धरवेन्द्र कुँवर घोषित भए।
उत्कृष्ट प्रशिक्षकको सम्मान सहाराका सुनिल राना मगरले पाए भने उदीयमान खेलाडीको पुरस्कार पनि मुकुन्दकुमार निउरेले नै हात पारे। फेयर प्ले अवार्ड आभा एफसी ले जित्यो। विधागत उत्कृष्टतर्फका खेलाडी तथा टिमलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिएको थियो।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20936, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन ९, शनिबार २०:२४१२ वर्षपछि सहाराको कमब्याक:२५औं आहारारा पोखरा गोल्डकपको उपाधि आयोजक सहारालाई
समाचार२०८२ फाल्गुन ८, शुक्रबार २२:५४शनिबार आहा रारा पोखरा गोल्डकपको फाइनल,जावलाखेल र आयोजक सहारा क्लब वीच राेचक भिडन्त
समाचार२०८२ फाल्गुन ८, शुक्रबार १२:५७गण्डकी प्रदेशका ५५ उत्कृष्ट ग्रामीण उद्यमीका लागि नेतृत्व तथा व्यवस्थापन कार्यशाला सम्पन्न
समाचार२०८२ फाल्गुन ७, बिहीबार २१:४६जन्मदिनको खर्च रकम फोटो पत्रकारलाई सहयोग







