‘पोखराको व्यवस्थित विकास टड्कारो आवश्यकता’–कास्की २ का एमाले उम्मेदवार रश्मि आचार्य

‘पोखराको व्यवस्थित विकास टड्कारो आवश्यकता’–कास्की २ का एमाले उम्मेदवार रश्मि आचार्य

पोखरा ।
यहि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदमा कास्की क्षेत्र नं. २ का नेकपा (एमाले)का उम्मेदवार रश्मि आचार्यले पोखराको व्यवस्थित विकासको टड्कारो आवश्यकता देखिएको बताएका छन् । देशकै ठूलो महानगरमा व्यवस्थित विकासका लागि केही नयाँ नीतिगत व्यवस्थासँगै स्थानीय तहसँगको सहकार्यमा भएको विकासलाई पनि थप व्यवस्थित गराउनुपर्नेमा उनको जोड छ । पोखराको विकासमा देखिएका नीतिगत र कानुनी अल्झनले व्यवस्थित विकासमा  कठिनाइ देखिएको भन्दै उम्मेदवार आचार्यले यसको समाधानमा लाग्ने उल्लेख गरे ।

शिक्षा, स्वास्थ, रोजगारी, संरचनाका सौन्र्दयीकरण सहित युवा पुस्ता केन्द्रित महत्वपूर्ण विषयका काम नीतिगत कानुनी व्यवस्थापनमा भएका त्रुटिका कारण असरल्ल परेका छन् । सो विषय आफ्नो महत्वपूर्ण प्राथमिक एजेन्डा भएको उनको भनाई छ । नजिकिदै गएको निर्वाचनका सन्दर्भमा पोखरा महानगरपालिका वडा नं. ७ का मतदाता भेट्घाटमा उम्मेदवार आचार्यले सो कुरा बताएका हुन् ।

सबैको साथले यहाँको पर्यटन विकासका लागि आफुले ‘लिङ्क पोखरा, मार्क पोखरा र ट्विट पोखरा’ को अवधारणा अघि सारेको उल्लेख गरे । पोखरामा भएका संरचना र क्षेत्रलाई भौगोलिक र सांकृतिक पाटोबाट एक आपसमा जोड्ने काम ‘लिङ्क पोखरा’ ग्रामीण इलाकामा  नयाँ गन्तव्य निर्माण र विकासका  लागि ‘मार्क पोखरा’ र पोखराको राष्ट्रिय तथा अन्तराष्ट्रिय  क्षेत्रमा प्रचार गर्न ‘ट्विट पोखरा’ फलदायी हुने आचार्यको ठम्याई छ ।

यससँगै उम्मेदवार आचार्यले मुख्य सहरी क्षेत्रको जनसंख्या व्यवस्थापनलाई केन्द्रबिन्दुमा राखेको बताए । जनघनत्व बढी भएको मुख्य शहरी क्षेत्रमा बसोबास गर्ने जनसंख्याको जीवनस्तर सुधारसहित शहरी क्षेत्रको थप सशक्तिकरण हुने अभियान संचालन गर्न सके व्यवस्थित पोखरा विकासको योजना साकार हुने आचार्यको दाबी छ ।

पोखराको पर्यटनमा यसको सौन्दर्यीकरण सहित थप व्यवस्थित विकास गर्न सकेमा पोखरामा धेरै भन्दा धेरै पर्यटक भित्र्याउन, पर्यटकको बसाई अवधि लम्याउन उल्लेखनीय भूमिका खेल्न सकिने उनको तर्क छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20966, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 0   +   10   =  

Protected by Spam Master