आज प्रतिनिधिसभा निर्वाचन : जेनजी आन्दोलनपछि जनताको मत परीक्षण

काठमाडौं । जेनजी आन्दोलनपछि बनेको विशेष राजनीतिक परिस्थितिमा आज प्रतिनिधिसभा सदस्यका लागि देशभर मतदान भइरहेको छ।
७७ वटै जिल्लामा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म एकै चरणमा मतदान हुँदैछ। निर्वाचनमा प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० सिटका लागि प्रतिस्पर्धा भइरहेको छ।
प्रत्यक्षतर्फ ६५ राजनीतिक दलका ३,४०६ उम्मेदवार चुनावी मैदानमा छन्। समानुपातिकतर्फ ३,१३५ उम्मेदवार प्रतिस्पर्धामा छन्।
निर्वाचनमा कुल १ करोड ८९ लाखभन्दा बढी मतदाता सहभागी हुने अपेक्षा गरिएको छ। मतदानका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन्।
निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित झण्डै ३ लाख सुरक्षाकर्मी परिचालन गरिएको छ। मतदान व्यवस्थापनका लागि करिब २ लाख १५ हजार कर्मचारी खटिएका छन्।
निर्वाचन आयोगले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा गर्भवती महिलालाई मतदानमा प्राथमिकता दिने व्यवस्था गरेको जनाएको छ।
लोकतान्त्रिक व्यवस्थामा निर्वाचनलाई सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यास मानिँदै आजको मतदानबाट आगामी सरकार, नीति र नेतृत्वको दिशा तय हुने अपेक्षा गरिएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20997, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख ७, सोमबार १४:५९गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
समाचार२०८३ बैशाख ६, आईतवार २२:२९नेपाल पत्रकार महासंघ, कास्कीको साधारण सभाको तयारी
समाचार२०८३ बैशाख ६, आईतवार १३:०३लेकसाइडमा पर्यटकलाई दुःख हैरानी दिने १६ महिला नियन्त्रणमा
समाचार२०८३ बैशाख ६, आईतवार १२:४६बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ हुने, बन्दिपुरको पर्यटन प्रवर्द्धनमा थप ऊर्जा मिल्ने विश्वास







