प्रधानमन्त्री कप छनोट प्रतियोगिताले गण्डकीका प्रतिभाशाली क्रिकेटरलाई राष्ट्रिय स्तरमा पु¥याउने : मन्त्री थापा

पोखरा।
गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले प्रधानमन्त्री कप गण्डकी प्रदेश पुरुष एकदिवसीय छनोट प्रतियोगिताले प्रदेशका प्रतिभाशाली क्रिकेट खेलाडीहरूलाई राष्ट्रिय स्तरमा पुग्ने महत्वपूर्ण अवसर प्रदान गर्ने बताएका छन्।
गण्डकी प्रदेश क्रिकेट संघद्वारा विहिबार आयोजना गरिएको प्रधानमन्त्री कप गण्डकी प्रदेश पुरुष एक दिवसीय छनोट प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै उनले खेलकुद केवल प्रतिस्पर्धाको माध्यम मात्र नभई अनुशासन, एकता, स्वास्थ्य र राष्ट्रिय गौरवसँग जोडिएको महत्वपूर्ण क्षेत्र भएको बताए।
मन्त्री थापाले क्रिकेट आज नेपाली युवाहरूको सबैभन्दा लोकप्रिय खेलको रूपमा स्थापित भइसकेको उल्लेख गर्दै यसले युवाहरूमा ऊर्जा, आत्मविश्वास र सकारात्मक सोच विकास गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।
उनले यस्ता प्रतियोगिताहरूले प्रदेशभित्र रहेका प्रतिभाहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै राष्ट्रिय टिमसम्म पुग्ने आधार तयार गर्ने बताए। गण्डकी प्रदेशमा रहेका प्रतिभाशाली खेलाडीहरूको पहिचान गरी उनीहरूलाई राष्ट्रिय स्तरसम्म पु¥याउन यस प्रकारका छनोट प्रतियोगिताहरू अत्यन्त आवश्यक रहेको भनाई उनको छ ।
मन्त्री थापाले गण्डकी प्रदेश सरकार खेलकुद क्षेत्रको विकास, खेल पूर्वाधार विस्तार, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा खेल संस्कृतिको प्रवद्र्धनका लागि प्रतिबद्ध रहेको पनि स्पष्ट पारे। प्रदेशका विभिन्न स्थानमा खेल मैदान निर्माण, प्रशिक्षण कार्यक्रम सञ्चालन तथा विभिन्न प्रतियोगिताहरू आयोजना गर्दै युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने प्रयास निरन्तर भइरहेको उनले सुनाए ।
गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय कान्त सिग्देलले गण्डकी प्रादेशिक क्रिकेट संघ क्रिकेटको विकासका लागि सक्रिय रहेको बताए । नेपाली क्रिकेट खेलाडीहरु विश्वकपमा नै पुग्नु सुखद भएको भनाई उनको छ ।
क्रिकेटको स्तरोन्नतिका लागि सरकारबाट बजेटको राम्रो व्यवस्थापन हुन सके भविष्य राम्रो भएको उनले बताए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21030, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १, शुक्रबार ०७:००२ लाख ८७ हजार नगदसहित जुवातास खेल्ने–खेलाउने ८ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार ०६:३०ट्रम्पले भने- दुवैको जित, सीले भने- दुवैको हित
समाचार२०८३ बैशाख ३१, बिहीबार २१:५२दीननाथ बराललाई उत्कृष्ट खेल पत्रकार अवार्ड
समाचार२०८३ बैशाख ३०, बुधबार २२:४०गण्डकीलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन स्पष्ट नीति र लगानीको खाँचो









