हृदयघातका कारण एमाले नेता कृष्ण थापाको निधन

पोखरा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्कीका पूर्व जिल्ला अध्यक्ष कृष्ण थापाको आज हृदयघातका कारण निधन भएको छ।
पार्टीको कास्की जिल्ला संयोजनको जिम्मेवारी सम्हालिरहेका थापालाई प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ को समीक्षा बैठकका क्रममा अचानक हृदयघात भएको बताइएको छ। बैठकमा आफ्नो धारणा राखेर बसिरहेका बेला उनी अस्वस्थ भएका थिए।
एमाले कास्कीका जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री का अनुसार समीक्षा बैठक सकिएपछि उठ्ने क्रममा थापाले असहज महसुस भएको भन्दै कुर्सीमै बसेका थिए र केही बेरमै बेहोस भएका थिए। त्यसपछि उनलाई तुरुन्त कारमा राखेर करिब ९ मिनेटमै मनिपाल शिक्षण अस्पताल पुर्याइएको थियो।
अस्पतालमा पुर्याएपछि चिकित्सकले जाँच गर्दा अवस्था गम्भीर रहेको पाइएको र धेरै प्रयास गर्दा पनि उनलाई बचाउन नसकिएको बताइएको छ।
परिवारिक स्रोतका अनुसार थापालाई लो ब्लड प्रेसरसम्बन्धी समस्या रहेको बताइएको छ। यद्यपि उनले नियमित औषधि सेवन गरिरहेका थिए वा थिएनन् भन्नेबारे स्पष्ट जानकारी प्राप्त भएको छैन।
एमालेको बलियो आधार मानिने कास्की जिल्लामा निर्वाचनमा क्लिन स्वीप भएपछि पार्टीले बिहीबार समीक्षा बैठक आयोजना गरेको थियो। सोही बैठकका क्रममा नेता थापाको निधन भएको हो।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21033, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १, शुक्रबार ०७:००२ लाख ८७ हजार नगदसहित जुवातास खेल्ने–खेलाउने ८ जना पक्राउ
समाचार२०८३ बैशाख ३१, बिहीबार २१:५२दीननाथ बराललाई उत्कृष्ट खेल पत्रकार अवार्ड
समाचार२०८३ बैशाख ३०, बुधबार २२:४०गण्डकीलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन स्पष्ट नीति र लगानीको खाँचो
समाचार२०८३ बैशाख ३०, बुधबार ००:१८पोखरा महानगरले कक्षा ११ मा भर्नाका लागि प्रवेश परीक्षा लिन राेक्याे









