चलचित्र ‘राम नाम सत्य’ को एक्सन–प्रधान टिजर सार्वजनिक

काठमाडौँ। प्रतिक्षित नेपाली चलचित्र ‘राम नाम सत्यः पर्दा भित्रको पर्दा’को एक्सन–प्रधान टिजर सार्वजनिक गरिएको छ। एक्सन, सस्पेन्स, प्रेम र थ्रिलको मिश्रणले भरिएको टिजरले फिल्मप्रति दर्शकको उत्सुकता झन् बढाएको छ।
टिजरमा अभिनेता विराज भट्टको यसअघिभन्दा फरक र शक्तिशाली एक्सन अवतार देख्न सकिन्छ। निर्देशक माइकल चन्दको निर्देशनमा तयार भएको फिल्मको टिजरले चैत्र २७ गते प्रदर्शनमा आउँदा बक्स अफिसमा दमदार उपस्थितिको संकेत गरेको छ।
फिल्ममा विराज भट्टसँगै सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुष सिंह ठकुरी, सुनिल थापा, प्रशान्त ताम्राकार, खुशी कार्की लगायत कलाकारहरूको अभिनय रहेको छ। सार्वजनिक टिजरमा यी अधिकांश कलाकारलाई झल्को दिने दृश्य समेटिएका छन्।
माइकल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी रहेको छ। किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माता हुन् भने मोती कार्की क्रियटिभ निर्माता रहेका छन्। लाइन प्रोड्युसर राजेन्द्र आचार्य हुन्।
फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवा अन्सारीको संगीत रहेको छ। अभिमन्यू निरवी र समय थपलियाले स्क्रिप्ट सल्लाहकारको भूमिका निभाएका छन्। माइकल चन्दकै कथा तथा पटकथामा तयार भएको फिल्ममा मानकृष्ण महर्जनको छायांकन, श्री श्रेष्ठको एक्सन निर्देशन, बन्दे प्रसादको सम्पादन तथा काला चरणको ब्याकग्राउन्ड म्युजिक रहेको छ। टिजर र ट्रेलर साहिल खानले तयार पारेका हुन्।
यस फिल्ममा समावेश ‘धागोले बाटेको’ बोलको गीत यसअघि नै दर्शकमाझ लोकप्रिय बनिसकेको छ। अब सार्वजनिक टिजरले पनि फिल्मप्रति दर्शकको उत्साह अझ बढाउने विश्वास निर्माण टिमले गरेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २२, आईतवार २१:२९गणेश पाण्डेको डकुमेन्ट्री ‘द एभरेस्ट ड्रीम’ प्रिमियर
समाचार२०८२ चैत्र २२, आईतवार १९:५९ओली र लेखकलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
समाचार२०८२ चैत्र २२, आईतवार १८:०१डिजिटल प्रणालीमार्फत स्थानीय विपद् व्यवस्थापनलाई छिटो र प्रभावकारी बनाइँदै
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र २२, आईतवार ११:१३गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय लाभान्वित








