‘हामी तीन भाइ’को ट्रेलर सार्वजनिक, अंशबण्डाले दाजुभाइबीच खटपट

‘हामी तीन भाइ’को ट्रेलर सार्वजनिक, अंशबण्डाले दाजुभाइबीच खटपट

काठमाडौं । निर्देशक मधुसुधन भट्टराईको फिल्म ‘हामी तीन भाइ’को ट्रेलर सार्वजनिक गरिएको छ। सोमबार निर्माण टिमले ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत ट्रेलर सार्वजनिक गरेको हो।

ट्रेलरमा एउटै गाउँका तीन दाजुभाइ विनोद न्यौपाने, कुशल बिष्ट र फलित राईको गहिरो सम्बन्ध देखाइएको छ। बुबाआमाले कहिल्यै नछुट्न दिएको सन्देशलाई आत्मसात् गर्दै उनीहरू मिलेर जीवन बिताइरहेका हुन्छन्। तर, भाइहरूको विवाहपछि अंशको विषय उठेपछि उनीहरूबीच दूरी बढ्दै जान्छ। रिसको आवेगमा दाइले “बुबा खोजेर ल्याऊ” भनेपछि उनीहरूले नक्कली बुबा (राजाराम पौडेल) ल्याउने प्रसंगले कथालाई रोचक बनाएको छ।

कमेडी स्वादमा प्रस्तुत फिल्मले परिवार, सम्बन्ध र समाजमा बढ्दो जग्गा प्लटिङको प्रवृत्तिलाई पनि समेटेको छ। ट्रेलरमा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल बिष्ट, जाहान्वी बस्नेत, आश्मा गिरी, फलित राई, राजाराम पौडेल, रविन्द्र झा लगायत कलाकारको अभिनय देख्न सकिन्छ।

साजित महत प्रस्तुतकर्ता रहेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्। प्रसिद्धि सिने आर्ट्सको ब्यानरमा बनेको फिल्मका निर्माता त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ हुन् भने कार्यकारी निर्माता विक्रम तामाङ रहेका छन्।

शिव ढकालको छायांकन र बनिश शाहको सम्पादन रहेको फिल्ममा संगीत साप शक्ति र बाबुल गिरीको छ। ‘हामी तीन भाइ’ यही चैत १३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   4   =  

Protected by Spam Master