बिहिबारदेखि पोखरामा खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप

पोखरा । २१औँ खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप चैत ५ गतेदेखि पोखरामा आयोजना हुने भएको छ। नवौँ राष्ट्रिय खेलकुदका क्रममा पाइलट निसिम थापाको दुर्घटनापछि स्थगित भएको सोलो प्याराग्लाइडिङ प्रतियोगिता चार वर्षपछि पुनः सञ्चालन हुन लागेको हो।
नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा चैत ५ देखि ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको करिब ९० प्रतिशत तयारी पूरा भएको जानकारी सोमबार आयोजित पत्रकार सम्मेलनमा दिइयो।
प्रतियोगितामा नेपालसहित भारत, चीन, साउदी अरेबिया, उज्बेकिस्तान, इटाली र लेबनानका गरी १४ महिला सहित करिब ९० जना पाइलट सहभागी हुने प्रतियोगिता संयोजक सुनिलबहादुर भट्टराईले बताए।
प्रतियोगिता ‘एक्युरेसी’ विधामा सञ्चालन हुनेछ। टेकअफ स्थल सराङकोट र ल्याण्डिङ स्थल खपौदी क्षेत्रमा निर्धारण गरिएको आयोजक अध्यक्ष अनिल केसीले जानकारी दिए। यस वर्ष निर्वाचनका कारण ‘क्रस कन्ट्री’ विधा समावेश नगरिएको जनाइएको छ।
प्रतियोगितामा व्यक्तिगत तथा टिमतर्फ प्रतिस्पर्धा हुनेछ। पुरुषतर्फ विजेताले १ लाख ५० हजार रुपैयाँ, उपविजेताले १ लाख रुपैयाँ र तेस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। टिमतर्फ क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ तथा महिलातर्फ पनि सोही अनुसार पुरस्कारको व्यवस्था गरिएको छ।
करिब ३० लाख रुपैयाँ लागत अनुमान गरिएको प्रतियोगितामा विभिन्न संघसंस्था, नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकालगायतको सहयोग रहनेछ।
सुरक्षालाई प्राथमिकता दिँदै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, उद्धार तथा स्वास्थ्य टोली परिचालन गरिनेछ भने मणिपाल शिक्षण अस्पतालको मेडिकल टिम पनि खटाइने आयोजकले जनाएको छ। सबै खेलाडीको अनिवार्य बीमा गरिएको छ।
नेपाल पर्यटन बोर्डका मणिराज लामिछानेले प्रतियोगिताले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। प्रतियोगिताबाट गण्डकी प्रदेशस्तरीय खेलाडी छनोटसमेत गरिनेछ।
कोरोना महामारी र प्रशासनिक कारणले पाँच वर्षदेखि रोकिएको प्रतियोगिता यस वर्ष पुनः सञ्चालन हुन लागेको हो।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21055, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १, मंगलवार १९:१३नयाँ वर्षमा चलचित्र पत्रकार संघ कास्कीको भित्तेपात्रो विमोचन
समाचार२०८२ चैत्र ३०, सोमबार २३:०४ब्राउनसुगरसहित तीन जना पक्राउ
समाचार२०८२ चैत्र ३०, सोमबार २२:४८हेमजा आलु महोत्सवमा लन्डन ब्रिज झल्को दिने आकृति प्रमुख आकर्षण
समाचार२०८२ चैत्र ३०, सोमबार १४:२४सञ्चारिका समूह नेपाल,गण्डकी प्रदेशको सातौँ अधिवेशन सुरु






