पोखरामा नयाँ वर्षको अवसरमा ‘नाइट स्ट्रिट रन’ आयोजना हुने

पोखरामा नयाँ वर्षको अवसरमा ‘नाइट स्ट्रिट रन’ आयोजना हुने

पोखरा । नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर पोखरामा ‘पोखरा नाइट स्ट्रिट रन–२०८३’ आयोजना हुने भएको छ।

पोखरा क्लिक र पोखरा प्रवर्द्धन केन्द्रको संयुक्त आयोजनामा चैत २८ गते शनिबार साँझ ७ बजेबाट दौड सुरु हुने जानकारी आयोजकले शनिबार पत्रकार सम्मेलन मार्फत दिएका छन्।

बाराहीघाटबाट सुरु हुने ५ किलोमिटरको रात्रिकालीन दौड सेन्टर प्वाइन्ट, हल्लनचोक, जिरो किलोमिटर, सिर्जनाचोक, सभागृहचोक, न्यूरोड र चिप्लेढुङ्गा हुँदै महेन्द्रपुलस्थित झण्डा पार्कमा पुगेर समापन हुनेछ।

‘जाग्दछ पोखरा, दौडाउँछ पोखरा’ भन्ने नारासहित आयोजना हुन लागेको उक्त प्रतियोगिताको मुख्य उद्देश्य खेलकुदमार्फत रात्रिकालीन पर्यटन प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ। कार्यक्रममा प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्य तथा विभिन्न संघसंस्थाको सहयोग रहनेछ।

प्रतियोगितामा खुला, महिला, विदेशी र यू–१६ गरी चार विधामा प्रतिस्पर्धा हुनेछ। सहभागी धावकलाई बीमा सुविधा, रिफ्लेक्टिभ टिसर्ट उपलब्ध गराइनेछ भने हेडल्याम्प प्रयोग गर्न सकिनेछ।

खुला विधातर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। अन्य विधाका विजेताले सात हजार रुपैयाँसहित पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगितामा सहभागी हुन इच्छुकले चैत २५ गते बिहान ११:५९ बजेसम्म अनलाइनमार्फत दर्ता गर्न सक्नेछन् । कार्यक्रम सम्पन्न गर्न करिब सात लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

आयोजकका अनुसार उक्त कार्यक्रमले पोखरामा पर्यटन प्रवर्द्धन, स्वस्थ जीवनशैलीको विकास तथा शहरी गतिशीलता र सुरक्षाबारे जनचेतना अभिवृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21231, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  दीननाथ बराललाई उत्कृष्ट खेल पत्रकार अवार्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 9   +   1   =  

Protected by Spam Master