आइतबार पनि ओपीडी सेवा खोल्न अस्पताललाई सरकारको निर्देशन

काठमाडौं, चैत २७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको अवधिमा पनि स्वास्थ्य सेवा निरन्तर र प्रभावकारी रूपमा सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार मिति २०८२ चैत २२ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू भएपछि मन्त्रालयले स्वास्थ्य सेवा अवरुद्ध नहुने गरी आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको हो ।
मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारी द्वारा जारी प्रेस विज्ञप्तिमा अस्पतालहरूले आफ्नो कार्यभार ९वर्कलोड० र उपलब्ध जनशक्तिका आधारमा आइतबार समेत ओपीडी सेवा सञ्चालन गर्न सक्ने व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ ।
त्यस्तै, कर्मचारी व्यवस्थापनका लागि हप्तामा शनिबार बाहेक अर्को एक दिन गरी दुई दिन बिदा दिने व्यवस्था मिलाउन तथा बिदा दिन नसकिएको अवस्थामा सट्टा बिदा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । यसैगरी, प्रादेशिक अस्पतालहरूमा पनि यही व्यवस्था लागू गर्न सातै प्रदेशका स्वास्थ्य मन्त्रालयहरूलाई अनुरोध गरिएको मन्त्रालयले जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र २७, शुक्रबार १०:५६आइतबार पनि ओपीडी सेवा खोल्न अस्पताललाई सरकारको निर्देशन
समाचार२०८२ चैत्र २७, शुक्रबार १०:३६संसदको चालु अधिवेशन आजदेखि अन्त्य हुने
समाचार२०८२ चैत्र २७, शुक्रबार १०:२६नीलकण्ठमा आमा समूहका लागि नेतृत्व विकास तालिम
समाचार२०८२ चैत्र २६, बिहीबार १९:२३नेपाली सेनाका नयाँ अधिकृतहरुलाई राष्ट्र सेवामा समर्पित हुन प्रधानमन्त्री शाहको आग्रह








