डा.शर्माले दुर्गम क्षेत्रका विपन्न विरामीको निःशुल्क उपचार गरिदिने

काठमाडौं, २७ चैत । आर्थिक रूपमा अति विपन्न नागरिकलक्षित गर्दै काठमाडौं मेडिकल कलेज दुवाकोट भक्तपुरले पूर्ण वा आंशिक छुटमा उपचार सेवा प्रदान गर्ने घोषणा गरेको छ। पूर्व प्रतिनिधिसभा सदस्य डा.सुनिल कुमार शर्माले जारी गरेको सूचनाअनुसार मोरङ जिल्लासहित देशका विभिन्न दुर्गम जिल्लाका आर्थिक रूपमा कमजोर विरामीलाई प्राथमिकतामा राखी उक्त सुविधा उपलब्ध गराइने भएको हो।
सूचनाअनुसार हुम्ला, जुम्ला, डोल्पा, मुगु, कालीकोट, रोल्पा, रुकुम, सल्यान तथा कोशी प्रदेशका सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, ताप्लेजुङलगायतका जिल्लाका विपन्न विरामीहरूलाई काठमाडौं मेडिकल कलेजद्वारा सञ्चालित सुपरस्पेसियालिटी अस्पताल, दुवाकोटमा आर्थिक अवस्था मूल्याङ्कनका आधारमा पूर्ण वा आंशिक छुट प्रदान गरिनेछ।
यसैगरी दोलखा, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोरखालगायतका जिल्लाका विपन्न विरामीहरूले पनि यो सुविधा लिन सक्ने बताइएको छ । सम्बन्धित व्यक्तिहरूले आफ्नो पालिका वा वडा कार्यालयबाट अनुसूचि–२ को सिफारिस फाराम तथा अन्य आवश्यक कागजातसहित अस्पतालमा सम्पर्क गर्नुपर्ने बताइएको छ ।
डा.शर्माले यो कार्यक्रम पहिलो चरणमा सुरु गरिएको र आगामी दिनमा थप विस्तार गरिने बताएका छन् । उनले आर्थिक अभावका कारण उपचारबाट बञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न यो पहल गरिएको बताए।
डा.शर्मा प्रतिनिधि सभामा सांसद पदमा रहँदा तलब–भत्ता नलिने एक मात्र पूर्व सांसद हुन् । उनी सामाजिक तथा मानवीय जिम्मेवारी निर्वाहमा निरन्तर सक्रिय छन् । गम्भीर विरामीलाई निःशुल्क उपचारको व्यवस्था, देशभर स्वास्थ्य शिविर, घाइतेहरूको उपचारमा सहयोग, एम्बुलेन्स हस्तान्तरणलगायतका कार्य उनको पहिचान बनेको छ ।
उपचार सेवासम्बन्धी थप जानकारीका लागि इच्छुक व्यक्तिहरूले ९८०२३३५११२ वा ९८०२३३५१०८ नम्बरमा सम्पर्क गर्न सकिने बताइएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ७, बिहीबार १४:२०तत्काल ‘राष्ट्रिय ट्रमा नीति’ बनाउन सांसद कार्कीको माग
खेलकुद२०८३ जेष्ठ ७, बिहीबार ०९:४७कोलकाताले मुम्बईलाई हरायो
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ७, बिहीबार ०९:०८आमाको जन्मदिनमा सुमनको अनुपम उपहार
समाचार२०८३ जेष्ठ ७, बिहीबार ०७:४५सिद्धलेकमा गाउँपालिका अध्यक्षसँग आमा समूहको अन्तरक्रिया कार्यक्रम









