‘आइतबार ओपीडी सेवा सञ्चालन गर्न सकिँदैन’:नेपाल चिकित्सक संघ

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि अस्पतालमा ओपिडी सेवा सञ्चालन गर्न गरेको आग्रहलाई नेपाल चिकित्सक संघले अस्वीकार गरेको छ। संघले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै जनशक्ति अभाव र व्यवहारिक कठिनाइ देखाउँदै तत्काल आइतबार ओपीडी सेवा दिन नसकिने बताएको हो।
सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको सन्दर्भमा मन्त्रालयले अस्पतालहरूलाई कार्यबोझ हेरेर आइतबार पनि ओपिडी सेवा उपलब्ध गराउन अनुरोध गरेको थियो। मन्त्रालयको उक्त अनुरोधप्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
चिकित्सक र स्वास्थ्यकर्मीहरू १०–४ को डिउटी बाहेक पनि अनकल, राउण्ड र इमर्जेन्सी लगायतका सेवामा चौबीसै घण्टा खटिरहेको अवस्थामा उक्त समय गणना नहुनु अन्यायपूर्ण भएको विज्ञप्तिमा उल्लेख छ।
फरक–फरक दिन बिदा दिँदा स्वास्थ्य संस्थामा एकरूपता नहुने र यसले बिरामीहरूमा अन्योल तथा झन्झट सिर्जना भई स्वास्थ्य सेवामै असर पुग्ने संघको भनाइ छ।
संघले मन्त्रालयलाई न्यूनतम सेवा सुविधा पनि नदिई जबरजस्ती काममा खटाउन खोजिए चिकित्सक र स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिन बाध्य हुने र त्यसको जिम्मेवार मन्त्रालय स्वयं हुनुपर्ने चेतावनी समेत दिएको छ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र २९, आईतवार २०:४२प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक,कसको सम्पत्ति कति ?
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २९, आईतवार १२:२७राम लामा अविनाशीको ‘क्यार्यो कुन्नि तानसेन बजारले’ सार्वजनिक
समाचार२०८२ चैत्र २९, आईतवार ०७:३८आज वनस्पति दिवसः हरित अर्थतन्त्रको विकासमा जोड
समाचार२०८२ चैत्र २९, आईतवार ०६:३७अतिक्रमित क्षेत्र खाली गराउँदै इनरुवा नगरपालिका








