बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ हुने, बन्दिपुरको पर्यटन प्रवर्द्धनमा थप ऊर्जा मिल्ने विश्वास

पोखरा । गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनलाई थप टेवा पुर्याउने उद्देश्यले तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ।
नेपाल पर्यटन बोर्ड गण्डकी र बन्दिपुर गाउँपालिकाको संयुक्त आयोजनामा तथा गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (VITOF) गण्डकीको सह–आयोजनामा वैशाख १८ र १९ गते दुई दिने मेला सञ्चालन हुने आज आयाेजित पत्रकार सम्मेलनमा जानकारी गराईएकाे छ ।
नेपाल सरकारले लिएको वार्षिक २५ लाख पर्यटक भित्र्याउने र पर्यटन क्षेत्रको योगदान ७ प्रतिशत पुर्याउने लक्ष्यलाई टेवा पुर्याउन गाउँ पर्यटनलाई सशक्त बनाउने उद्देश्यसहित मेला आयोजना गर्न लागिएको नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले जानकारी दिए ।
विगतका संस्करणहरूको सफलतापछि चौथो पटक आयोजना हुन लागेको यो मेला पहिलोपटक पोखरा बाहिर हुने भएकाे हाे । बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले ऐतिहासिक तथा पर्यटकीय नगरी ‘पहाडकी रानी’का रूपमा चिनिने बन्दिपुरमा मेला आयोजना हुनु आफैंमा महत्वपूर्ण मानिएको बताए । यसले बन्दिपुरको पर्यटन प्रवर्द्धनमा थप ऊर्जा दिने उनकाे विश्वास छ ।
मेलामा गाउँ पर्यटनसँग सम्बन्धित होमस्टे तथा पर्यटन व्यवसायीका स्टलहरू रहनेछन्। साथै ‘गाउँ पर्यटनबाट समृद्धिको यात्रा’ र ‘बन्दिपुर पर्यटन: हिजो, आज र भोलि’ विषयमा प्यानल छलफल आयोजना गरिनेछ। विभिन्न जातजातिका सांस्कृतिक प्रस्तुति, सूचना तथा प्रचार सामग्री वितरण लगायतका कार्यक्रम पनि समावेश गरिएका छन्।
कार्यक्रममा करिब ३० भन्दा बढी गाउँ पर्यटनसँग आबद्ध व्यवसायी, होमस्टे सञ्चालक, पर्यटन व्यवसायी, नीति निर्माता, स्थानीय तहका प्रतिनिधि, संघसंस्था, सञ्चारकर्मी तथा स्वदेशी–विदेशी पर्यटकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
आयोजकले गाउँ पर्यटनलाई केवल होमस्टेमा सीमित नराखी स्थानीय संस्कृति, जीवनशैली र प्राकृतिक सौन्दर्यसँग जोडेर समग्र विकासको माध्यम बनाउने लक्ष्य लिएको जनाएको छ। साथै, नयाँ गन्तव्यहरूलाई बजारसँग जोड्दै सेवा गुणस्तर अभिवृद्धि गर्न मेला कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरिएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21389, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १, शुक्रबार ०७:००२ लाख ८७ हजार नगदसहित जुवातास खेल्ने–खेलाउने ८ जना पक्राउ
समाचार२०८३ बैशाख ३१, बिहीबार २१:५२दीननाथ बराललाई उत्कृष्ट खेल पत्रकार अवार्ड
समाचार२०८३ बैशाख ३०, बुधबार २२:४०गण्डकीलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन स्पष्ट नीति र लगानीको खाँचो
समाचार२०८३ बैशाख ३०, बुधबार ००:१८पोखरा महानगरले कक्षा ११ मा भर्नाका लागि प्रवेश परीक्षा लिन राेक्याे









