धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया

धादिङबेशी, २६ बैशाख । धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी क्षेत्रको अवस्था, चुनौती र सुधारका विषयमा केन्द्रित अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा धादिङ बचत तथा ऋण सहकारी संघ लिमिटेडको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सहभागी वक्ताहरूले सहकारी अभियानलाई जनमुखी, पारदर्शी र परिणाममुखी बनाउन सबै सरोकारवाला पक्षबीच सहकार्य आवश्यक रहेको बताएका थिए । उनीहरूले सहकारी क्षेत्रप्रति नागरिकको विश्वास कायम राख्न अनुशासन, पारदर्शिता र नियमित जनचेतनामूलक अभियानलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए ।
शिवज्योती महिला साकोसकी अध्यक्ष चमेली बगाले काप्रीले “पार्टी होइन, साथी” भन्ने नारालाई व्यवहारमा उतार्नुपर्ने बताउँदै सहकारी संस्थाहरूले नियम र अनुशासनलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले सहकारीप्रति आमनागरिकको विश्वास बढाउन निरन्तर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा विभिन्न संघसंस्था तथा सहकारी अभियानसँग आबद्ध प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले आगामी दिनमा सहकारी अभियानलाई अझ व्यवस्थित, सशक्त र प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा श्रोत परिचालन साकोषका प्रमुख कार्यकारी अधिकृत दयानिधि नेपाल तथा धादिङ बचत तथा ऋण सहकारी संघ लिमिटेडका प्रमुख व्यवस्थापक कविन्द्र धौबन्जारले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमले सहकारी क्षेत्रलाई प्रभावकारी बनाउन साझा अवधारणा, जनचेतना र अनुशासन अपरिहार्य रहेको निष्कर्ष निकालेको आयोजकले जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख २६, शनिबार २०:५६धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
समाचार२०८३ बैशाख २६, शनिबार २०:०४आगामी बर्षको बजेट र नीति कार्यक्रममा सुझाब लिन डिजिटल प्लेटफर्म
कला, विचार/मनोरञ्जन२०८३ बैशाख २६, शनिबार २०:०१राजेश पायल र बेनिषाको रोमान्टिक युगल गीत सार्वजनिक
खेलकुद२०८३ बैशाख २६, शनिबार १७:५३काभ्रेका खरेल प्रथम « रिपोर्टर्स नेपाल







