इरान युद्धले हामीलाई अप्ठ्यारो स्थितिमा पार्‍यो : पुटिन

इरान युद्धले हामीलाई अप्ठ्यारो स्थितिमा पार्‍यो : पुटिन

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले इरानसँग जोडिएको जारी सङ्घर्ष चाँडै अन्त्य हुने आशा व्यक्त गरेका छन्। उनले युद्ध लम्बिँदा सबै पक्षलाई नोक्सान पुग्ने चेतावनी पनि दिएका छन्।

बीबीसीका अनुसार शनिबार पत्रकारसँग कुरा गर्दै पुटिनले भने, “यो अत्यन्त जटिल सङ्घर्ष हो। इरान तथा फारसको खाडीका देशहरूसँग हाम्रो मैत्रीपूर्ण सम्बन्ध भएकाले यसले हामीलाई अप्ठ्यारो अवस्थामा पारेको छ।”

इरान र अमेरिकाबीच भइरहेको वार्ताको उल्लेख गर्दै उनले कुनै पनि पक्षले द्वन्द्व लम्ब्याउन नचाहेको बताए। “मेरो विचारमा कसैलाई पनि यो सङ्घर्ष थप लम्ब्याउने इच्छा छैन,” उनले भने।

हालै इरानका विदेशमन्त्री अब्बास अराघचीले रुस भ्रमणका क्रममा राष्ट्रपति पुटिनसँग भेटवार्ता गरेका थिए।

रुसले यसअघि पनि सबै पक्षलाई संयमता अपनाउँदै शान्तिपूर्ण समाधानतर्फ अघि बढ्न आग्रह गर्दै आएको छ। साथै, रुसले आफू इरान र अमेरिकाबीच मध्यस्थता गर्न तयार रहेको संकेत पनि दिएको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21581, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम
यो पनि पढ्नुहोस् :  आगामी बर्षको बजेट र नीति कार्यक्रममा सुझाब लिन डिजिटल प्लेटफर्म

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 10   +   2   =  

Protected by Spam Master