गण्डकीका पत्रकारको लागि अन्तिम चरणको डेटा ड्रिभन पत्रकारिता तालिम सुरु

पोखरा ।
प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले आयोजना गरेको तथ्यांक पत्रकारिता (डेटा ड्रिभन) को अन्तिम चरणको तालिम आइतबारदेखि सुरु भएको छ ।
पहिलो हप्ता भौतिक तालिम त्यसपछिको छ हप्ता अनलाइन र अन्तिम हप्ता पनि भौतिक गरी कुल ८ हप्तासम्म तालिम सञ्चालन हुनेछ । जसमध्ये अन्तिम चरणको भौतिक तालिम आइतबारदेखि सुरु भएको हो ।
तालिमको उद्धाटन सत्रमा बोल्दै प्रेस रजिष्ट्रार बिमला भण्डारीले पत्रकारकै आवश्यकताको आधारमा तालिम राखिएको बताइन ।
पत्रकारको दक्षता वृद्धिका लागि अनेकन अड्चन झेलेरै भएतापनि यो प्रकृतिको तालिम आयोजना गरिएको उनको भनाई छ । उनले तालिमपश्चात पत्रकारले अरूलाई पनि सिकाउन सक्नेगरि दक्ष बन्नेमा विश्वास गरिन ।
“अरूलाई पनि सिकाउन सक्ने क्षमता बनाउनु होला । प्राविधिक तालिमको लागि उमेरले छेक्दैन । समय परिपालन गर्नुहोला ।” उनले भनिन ।
तालिममा सहभागी युवराज श्रेष्ठले रजिष्ट्रारको कार्यालयले आवश्यकता अनुसार उत्कृष्ट तालिम आयोजना गरेको भन्दै आगामी दिनमा पनि यस्तै प्रकृतिका तालिम सञ्चालन गर्न आग्रह गरे ।
तालिमका स्रोतव्यक्ति चेतना कुँवरले सबै सहभागीमा सिक्ने इच्छा उत्कृष्ट रहेको बताइन । अर्का स्रोत व्यक्ति उमेश श्रेष्ठले दोश्रो चरणको भौतिक कोर्षबाट तालिममा सहभागी अझै दक्ष बन्ने विश्वास गरे ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21578, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख २७, आईतवार १२:५६एसईई नतिजा दुई दिनभित्र सार्वजनिक गर्ने तयारी
समाचार२०८३ बैशाख २७, आईतवार १२:१४इरान युद्धले हामीलाई अप्ठ्यारो स्थितिमा पार्यो : पुटिन
समाचार२०८३ बैशाख २७, आईतवार ११:३१गण्डकीका पत्रकारको लागि अन्तिम चरणको डेटा ड्रिभन पत्रकारिता तालिम सुरु
समाचार२०८३ बैशाख २६, शनिबार २०:४३ओलम्पियन टीका बहादुर बोगटीलाई लाइफटाइम एचिभ्मेन्ट अवार्ड





