एसईई नतिजा दुई दिनभित्र सार्वजनिक गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आगामी दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।
परीक्षा सम्पन्न भएको करिब एक महिनामै नतिजा सार्वजनिक गर्न लागिएको बोर्डले जनाएको हो।
अहिले नतिजा तयारीको अन्तिम चरणमा इन्ट्री तथा रुजु (भेरिफिकेसन) को काम भइरहेको छ। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ।
“नतिजा सार्वजनिक गर्ने काम अन्तिम चरणमा छ। सम्भवतः पर्सिसम्म नतिजा आउँछ। आईटी टोलीले काम गरिरहेको छ,” उनले भने, “त्रुटिरहित रूपमा नतिजा सार्वजनिक गर्ने प्रयासमा छौं।”
यस वर्ष उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएको कारण नतिजा छिटो सार्वजनिक गर्न सम्भव भएको बोर्डले जनाएको छ।
“शिक्षकहरूको राम्रो सहयोग रह्यो। परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकोले रणनीति परिवर्तनसँगै नतिजा छिटो ल्याउन सफल भएका हौं,” अधिकारीले बताए।
आईटीसम्बन्धी सम्पूर्ण काम सम्पन्न भएपछि बोर्ड बैठक बोलाइने र बैठकले अनुमोदन गरेपछि नतिजा सार्वजनिक गरिने तयारी छ।
यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो।
परीक्षाका लागि कुल ५ लाख १२ हजार ४२१ विद्यार्थीले आवेदन दिएका थिए। त्यसमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना तथा ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जना विद्यार्थी सहभागी भएका थिए। सहभागीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना रहेका छन्।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21584, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख २७, आईतवार १२:५६एसईई नतिजा दुई दिनभित्र सार्वजनिक गर्ने तयारी
समाचार२०८३ बैशाख २६, शनिबार २०:४३ओलम्पियन टीका बहादुर बोगटीलाई लाइफटाइम एचिभ्मेन्ट अवार्ड
समाचार२०८३ बैशाख २५, शुक्रबार १८:५५भण्डारीको अनुसन्धान : लघुवित्तले कृषि र जीवनस्तरमा
समाचार२०८३ बैशाख २४, बिहीबार २१:३६जेसिज सप्ताह वैशाख १८ देखि २० गतेसम्म






