जेसिज सप्ताह वैशाख १८ देखि २० गतेसम्म

पोखरा जेसिजले वैशाख तेस्रोे साता जेसीज सप्ताहन्त २०२६ को आयोजना गर्ने भएको छ । सन् १९७५ मा स्थापना भएको पोखरा जेसिजले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो ।
‘परिष्कृत युवा, सशक्त नेतृत्व’ भन्ने मूल नाराका साथ सप्ताहन्तको अवसरमा यही बैशाख १८ गतेदेखि २० गतेसम्म बिभिन्न कार्यक्रम गर्ने जेसिज जनाएको हो । बैशाख १८ गते कार्यक्रम उद्घाटनसहित वित्तीय साक्षरता कार्यक्रम हुनेछ । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ५ सँगको सहकार्यमा युवाका लागि वित्तीय साक्षरतासहित उद्यमशीलता विकास तालिम सञ्चालन गरिने संयोजक एवं पोखरा जेसीजका उपाध्यक्ष ई. रवीन्द्र गोदारले जानकारी दिए ।
दोस्रो दिन बैशााख १९ गते कास्कीको मादी गाउँपालिका वडा नं. ९, मिजुरेमा निःशुल्क आँखा शिविर आयोजना हुनेछ । हिमालय आँखा अस्पतालको सहयोगमा स्थानीय समुदायलाई लक्षित गरी सो कार्यक्रम गर्न लागिएको हो । सप्ताहन्तको अन्तिम दिन बैशााख २० गते रक्तदान र बिजनेस आइडियासम्बन्धी कार्यक्रम गरिने संयोजक गोदारले बताए ।
नवप्रवर्तनकारी सोच भएका युवालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पोखरा जेसीजका अध्यक्ष सुमन पहारीले जानकारी दिए । ५ दशकदेखि युवाको नेतृत्व र व्यक्तित्व विकासमा पोखरा जेसीजले निरन्तर काम गर्दै आएको छ ।
प्रचारप्रसार समिति संयोजक सञ्जय थापाले युवा लक्षित कार्यक्रमले समाजमा सचेतना वृद्धि गर्न सहयोग पुग्ने बताए । यस्ता विशेष कार्यक्रमलाई जेसिजले वार्षिक क्यालेन्डरमै समावेश गरेको छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21537, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख २४, बिहीबार २१:३६जेसिज सप्ताह वैशाख १८ देखि २० गतेसम्म
समाचार२०८३ बैशाख १७, बिहीबार १८:४९प्रेस काउन्सिल नेपालमा स्तनपान कक्ष र महिलामैत्री शौचालय स्थापना
समाचार२०८३ बैशाख १७, बिहीबार ०१:१८पोखरामा तीन दिनसम्म जेसीज सप्ताहन्त, युवाका लागि विभिन्न कार्यक्रम
समाचार२०८३ बैशाख १६, बुधबार १९:२१श्रम कानून तथा श्रमसम्बन्धी अन्तरक्रिया







