नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा धादिङकी उर्मिला थपलिया सहित १९ सदस्य मनोनित

धादिङबेशी । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १९ जना महाधिवेशन प्रतिनिधिलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नुभएको छ ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिनुभएको जानकारीअनुसार पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम महेन्द्र यादव धनुषा, जीवन परियार कास्की, उमेश श्रेष्ठ चितवन, रमेश रिजाल पर्सा, सुजाता कोइराला मोरङ, दिलेन्द्रप्रसाद बडु दार्चुला, डाक्टर चन्द्रकान्त भण्डारी गुल्मी, अजयकुमार चौरासिया पर्सा, लक्ष्मी परियार उदयपुर, आङ्गेलु शेर्पा सोलुखुम्बू, दिनेशकुमार यादव सप्तरी, राजीव कोइराला सुनसरी, राजीव ढुङ्गाना सुनसरी, गोविन्दराज पोखरेल प्युठान, सुशीला मिश्र भट्ट कैलाली, नागिना यादव महोत्तरी, दिनेश कोइराला चितवन, डा जीवन राना कैलाली र सीता थपलिया (उर्मिला) धादिङलाई केन्द्रीय सदस्य पदमा मनोनयन गर्नुभएको हो ।
विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापाले पहिलोपटक कार्यसमितिमा १९ जनालाई मनोनित गर्नुभएको हो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख ३०, बुधबार १४:३९एमाले सांसद थापाको असंसदीय शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन
खेलकुद२०८३ बैशाख ३०, बुधबार ०७:२९हैदरावादलाई हराउँदै गुजरात ८२ रनले विजयी « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ बैशाख २९, मंगलवार २२:५७‘फुल बुटे सारी’पछि मार्मिक लामाको नयाँ गीत ‘हिँड मसँगै’ रिलिज
खेलकुद२०८३ बैशाख २९, मंगलवार २०:५१नेपाल स्कटल्यान्डसँग पराजित « रिपोर्टर्स नेपाल









