विनयराज पौडेलको डेब्यु निर्देशन ‘अक्षरा’ को छायांकन सुरु

विनयराज पौडेलको डेब्यु निर्देशन ‘अक्षरा’ को छायांकन सुरु

काठमाडौँ । निर्देशक विनयराज पौडेलको डेब्यु निर्देशनमा बन्न लागेको चलचित्र ‘अक्षरा’को औपचारिक छायांकन सुरु भएको छ। निर्माण टिमले सोमबारदेखि काठमाडौँमा फिल्मको सुटिङ थालेको हो। केही दिनअघि गुहेश्वरी मन्दिरमा स्क्रिप्ट पूजा (मुहूर्त) सम्पन्न गरेपछि फिल्म निर्माणको काम तीव्र बनाइएको हो।

फिल्मको छायांकन एक महिनासम्म चल्ने निर्माण पक्षले जनाएको छ। निर्देशक पौडेलका अनुसार सम्पूर्ण तयारी र विस्तृत गृहकार्यपछि मात्र सुटिङ सुरु गरिएको हो। उनले भने, “कथाको आवश्यकता अनुसार पटकथा र संवादमा गहिरो मेहनत गरेका छौँ। कलाकारहरूलाई कार्यशाला गराएर तयार पारेपछि मात्रै फ्लोरमा ल्याएका हौँ। दर्शकले फरक स्वादको फिल्म अनुभव गर्नेछन्।”

क्षितबाबु प्रोडक्सन हाउसको प्रस्तुति रहेको ‘अक्षरा’मा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह र सृजना अधिकारीको मुख्य भूमिका रहनेछ। बालकलाकार रोनक खड्का र प्रीसा ढुङ्गानाले पनि फिल्ममा अभिनय गर्दैछन्।
फिल्मका कार्यकारी निर्माता सुरज थापाकाजी हुन् भने निर्माता उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना रहेका छन्। अभिमन्यु निरवीको पटकथा तथा संवाद रहेको फिल्ममा सुरेन्द्र रानाको शब्द र कर्णराज गिरीको संगीत रहनेछ।

दिपेन बस्न्यातले छायांकन गर्ने फिल्ममा कोरियोग्राफी रामजी लामिछाने, द्वन्द्व निर्देशन शंकर महर्जन, श्रृङ्गार मदन न्यौपाने, भेषभूषा प्रार्थना भट्टराई र निर्माण व्यवस्थापन सुमन काफ्लेको रहनेछ।

राकेश दाहालले पोस्टर डिजाइन गरेको ‘अक्षरा’लाई नेशनल सिने ग्रुप नेपालमार्फत दीपक दंगालले वितरण गर्नेछन्। फिल्मको मुख्य सहायक निर्देशक दिवस बोहरा तथा सहायक निर्देशक मनोज बोहरा रहेका छन्। निर्देशक विनयराज पौडेलले यसअघि नेपाली फिल्म क्षेत्रमा सहायक निर्देशकका रूपमा लामो समय काम गरिसकेका छन्।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  विकास मानन्धरको गीत ‘पिरती’ सार्वजनिक
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   10   =