चलचित्र ‘जलाकी’ को छायांकन सम्पन्न

चलचित्र ‘जलाकी’ को छायांकन सम्पन्न

काठमाडौँ। अशोक थापा मगरको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘जलाकी’को इन्डक्ल्याप गरिएको छ । गत शनिबार पोखरा इन्टरनेशनल म्युजियममा अन्तिम दृश्य खिच्दै ३९ दिनमा छायांकन सकिएको जानकारी निर्माण टिमले दिएको हो । शनिबार पोखरामा गीतको दृश्य खिचिएको थियो । जहाँ सिनेमाका मुख्य कलाकारहरुलाई प्रस्तुत गरिएको छ । छायांकन सकिएसँगै पोष्ट-प्रोडक्सनको काम सुरु गरिएको निर्देशक अशोकले बताए । केही दिनमा सिनेमाको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै सिनेमाको प्रदर्शन मिति घोषणा गर्ने तयारी निर्माण टिमको छ ।

त्रिकोणात्मक प्रेम कथामा आधारित सिनेमामा उपासनासहित सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गरुङ, बुद्धिमान तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बु, राजु रेग्मी मगर, उषा खड्की, खड्ग बहादुर पुन, लुनिभा तुलाधर, संगीता थापा, भावना मगर, राज काउचा गर, विषेश भूमिकामा क्याप्टेन बिजय लामा र बाल कलाकारमा मुन्जन थापा मगर, नुलुम्मा वान्तवा राई, रिन्ची धनहा मगरको अभिनय छ । यो सिनेमाबाट मिस सिक्किम साहारा हाङमा लिम्बुले नेपाली रजतपटमा डेव्यु गरेकी हुन् ।

‘जलाकी’ मगर समुदायको आस्थाको प्रतिकको रुपमा मानिने ढुङगाले चिनेको स्तम्भलाई बुझाउँछ । कसैको सम्झना र मायाको प्रतिकको रुपमा जलाकी बनाउने गरिन्छ । सोही कथामा निर्माण भएको यो सिनेमाको छायांकन पहिलो, दोश्रो र तेस्रो गर्दै तिन चरणमा गरिएको हो ।

रुकुम, रोल्पा, म्याग्दी, बाग्लुङ, पोखराका विभिन्न भु-भागमा छायांकन गरिएको सिनेमाले मगर र गुरुङ समुदायको सँस्कृतीलाई झल्काउने छ । सिनेमाका निर्माताहरुमा ओम घर्ति मगर, बिर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।

एम मिडियाको व्यानरमा निर्माण भएको सिनेमाको डिओपीमा शैलेन्द्र डी कार्की, लाइन प्रोडुसरमा राजु रेग्मी मगर र मुख्य सहायक निर्देशकमा महेश बराल तथा एसडी योगी र सरित राईको संगीत अनि सुरेन्द्र राना, हर्क साउद र राम अविरल विष्टको गीत रचना रहेको छ ।

यो पनि पढ्नुहोस् :  चारु    : श्रीकृष्ण शर्मा 

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 9   +   10   =