गुल्मीको सिस्तुङमा एकै दिन सय रोपनीमा धान रोपाइँ (तस्वीरहरु)

गुल्मीको सिस्तुङमा एकै दिन सय रोपनीमा धान रोपाइँ (तस्वीरहरु)

गुल्मी- पहाडी जिल्ला गुल्मीको धुर्कोट गाउँपालिका–६, सिस्तुङमा एकै दिन सय रोपनी क्षेत्रफलमा धान रोपाइँ गरिएको छ । यो रोपाइँ एक भव्य उत्सवका रूपमा सम्पन्न भएको हो ।

स्थानीय अगुवा कृषक ५४ वर्षीय मेघनाथ अर्यालले विगत दुई वर्षदेखि एक विशेष परम्पराका रूपमा विकसित हुँदै आएको बताउनुभएको छ ।

पछिल्लो समय अर्यालले आफ्नो ७० रोपनी र ३० रोपनी भाडामा लिएर धान खेती गर्दै आउनु भएको छ । अर्यालले आफ्नो खेतमा धान रोपाइँलाई सांस्कृतिक उत्सवका रूपमा अघि सार्नु भएको छ ।

एकै दिन १०० जना रोपाइँ गर्ने खेतारी, ५० जना ठिगारे र तीन वटा ट्याक्टरद्धारा जोत्ने काम गरिएको थियो । रोपाइँमा त्यसको दोब्बर संख्यामा हेर्ने नाँच्ने गाउँने पनि सहभागी थिए ।

जसमा पञ्चे बाजा, राष्ट्रिय कलाकारहरूको प्रस्तुति र स्थानीय समुदायको व्यापक सहभागिता रहन्छ । खेतीपातीलाई बोझ होइन, उत्सवका रूपमा लिन सकिन्छ भन्ने सन्देश दिनका लागि धान रोपाइँलाई भव्य बनाउने गरेको अर्यालले बताउनुभयो ।

पञ्चे बाजा, गीत–संगीत र रमाइलो गर्दै काम गर्दा थकाइ हुँदैन, उल्टै मन रमाउने उहाँको भनाइ छ । कार्यक्रममा कलाकारहरूले गीतिक प्रस्तुति दिएका थिए । सयौं स्थानीयले सामूहिक रूपमा रोपाइँमा सहभागिता जनाएका थिए । महिलाहरूको लामो लक्सर सहित रोपाइँमा सहभागिता जनाएका थिए ।

पुरुषहरू बाजागाजासहित नाचगानमा रमाइरहेका थिए । सामूहिक खेती, परम्परा र आधुनिकतालाई जोड्ने यस प्रयासले सिंगो समुदायमा सहकार्यको भावना बलियो बनाएको छ ।

स्थानीय सरकारका प्रतिनिधिहरू र कृषि प्राविधिकहरूले अर्यालको पहललाई नमूना परियोजनाका रूपमा मूल्यांकन गरेका छन् । यसैवर्ष उनलाई गाउँपालिकाले उत्कृष्ट कृषकका रुपमा पुरस्कृत समेत गरिएको थियो ।

यी यस्ता क्रियाकलापहरूले युवालाई कृषि तर्फ आकर्षित गर्न सक्ने सम्भावना देखिएको छ । गुल्मी सिस्तुङको यो उदाहरणले पहाडमा कृषि केवल जीविकोपार्जनको माध्यम नभई उत्सव, रोजगार र पर्यटनको माध्यम बन्न सक्ने सम्भावनाको ढोका खोलेको छ ।

उत्पादनसँगै उद्योग पनि

अर्यालले उत्पादन गरेको धानको चामल अब ‘धुर्कोटे चामल’ को नाममा ब्राण्डिङ गरी बजारमा पठाइएको छ । यसैवर्षदेखि स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै व्यावसायिकिकरणतर्फ अघि बढाउने उद्देश्यले उक्त चामललाई ब्राण्डिङ, लेबलिङ तथा प्याकेजिङ गरी औपचारिक रुपमा बजारमा पठाइएको हो ।

२५ किलोग्रामको बोरामा प्याक गरिएको चामलको बोरालाई २ हजार ५ सयमा बेच्ने गरी मुल्य निर्धारण गरिएको छ । स्थानीय उत्पादनलाई ब्राण्डमार्फत पहिचान दिन सकिने उदाहरणीय पहलका रूपमा ‘धुर्कोटे चामल’ले अबको दिनमा कृषकहरूको भविष्य उज्यालो बनाउने अपेक्षा गाउँपालिकाले लिएको छ ।

चामललाई नापतौल गुणस्तर विभाग लगायतका सरकारी प्रक्रिया पुरा गरेर बजारमा पठाइएको कृषक मेघनाथ अर्यालले बताउनुभयो । अर्यालका अनुसार अघिल्लो वर्ष यसक्षेत्रमै धेरै ४ सय मुरि धान उत्पादन भएको थियो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 2   +   10   =  

Protected by Spam Master