स्वास्थ्य सुविधा योजनाको दायरा बढाउँदै स्वास्थ्य बीमा बोर्ड

काठमाडौँ, २६ पुस । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमको सुविधा योजनाको दायरा बढाउने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले योगदान रकममा पुनरावलोकन गरी स्वास्थ्य सुविधाको दायरा बढाइने बताए।
“समयानुसार स्वास्थ्य बीमाका कार्यक्रमलाई हामीले परिमार्जन गर्दै लगिरहेका छौँ”, उनले भने, “त्यहीअनुसार बिमितलाई ध्यान दिँदै स्वास्थ्य कार्यक्रमका दायरा पनि बढाउने तयारीमा छौँ ।” अहिले पाँच जनाको परिवारसम्म सदस्य भएका परिवारले वार्षिक तीन हजार पाँच सयको योगदान रकम तिरी रु एक लाखसम्मको सुविधा लिनसक्ने व्यवस्था छ ।
पहिलो सामाजिक सुरक्षा कार्यक्रम हुँदा दुई हजार पाँच योगदान रकम रहेको थियो । त्यसबापत ५० हजार बराबरको स्वास्थ्य सेवा लिन पाउने व्यवस्था रहेको थियो । उनले भने, “अहिले स्वास्थ्य बीमा ऐन विनियमावली आएपछि रु दुई हजार पाँच सयबाट रु तीन हजार पाँच सय योगदान रकम बनाइयो र ५० हजारबाट एक लाख बराबरको स्वास्थ्य सुविधा पाउने व्यवस्था गरियो, अहिले पनि हामीले थोरै रकम तिर्ने निश्चित र धेरै रकम तिर्नेलाई धेरै सुविधा प्रदान गर्ने भन्नेमा छलफल भइरहेको छ ।”
बोर्डले कार्यक्रमको दायरा बढाउनका लागि बोर्डका सदस्य डा मुक्तिराम श्रेष्ठलाई एक महिनाभित्रमा प्रतिवेदन पेस गर्न जिम्मेवारी तोकेको छ । यस्तै बोर्डले स्वास्थ्य बीमा कार्यक्रमको सुविधाको थैलीको औषधिको शुल्क पनि पुनरावलोकन गर्ने भएको छ ।
बोर्डका सदस्य जुनु श्रेष्ठलाई एक महिनाभित्र कार्यक्रमको सुविधाको थैलीमा भएको औषधि र सेवाको मूल्यको पुनरावलोकन कार्य गर्न जिम्मेवारी दिइएको छ । बिमितको सङ्ख्या बढाउन प्रत्येक स्थानीय तहमा स्थानीय स्वास्थ्य बीमा संयोजन समिति गठन गरेर स्थानीय तहमा बीमाबारे जनचेतना जगाउने र बिमित सङ्ख्या बढाउने उहाँको भनाइ छ । उहाँले प्रत्येक वडामा रहेका दर्ता सहयोगीले बिमितलाई बीमा कार्यक्रमबारे बुझाउने र सहभागिता गराउने बताए ।
बोर्डका अध्यक्ष डा गुणराज लोहनीले स्वास्थ्य मन्त्रालय अन्तर्गतका सबै स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत ल्याउन पहल गरिने बताए । अहिले सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष लगायतका कार्यक्रम मार्फत पनि स्वास्थ्य बीमा गरिएको छ ।
सरकारले २०७२ चैत २५ गते गुणस्तरीय स्वास्थ्य सेवालाई जनस्तरसम्म पुर्याउनका लागि स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको हो । अहिले ७७ जिल्लामा लागू गरिएको स्वास्थ्य बीमा कार्यक्रममार्फत एकदेखि पाँच जनासम्मको परिवारले प्रत्येक वर्ष बिमितबापत तीन हजार पाँच सय र पाँच जनाभन्दा बढी भएको खण्डमा प्रत्येक एक बराबर थप सात सय थप्नुपर्ने छ ।
अहिलेसम्म कुल ७४ लाख ६६ हजार सात व्यक्ति बीमामा आबद्ध रहेका र तीमध्ये ३४ लाख ७६ हजार सात सय ७८ जनाले बीमा कार्यक्रममार्फत स्वास्थ्य सेवा लिएको बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलले जानकारी दिए । उनका अनुसार अहिले सक्रिय बिमित ४८ लाख ५९ हजार पाँच सय १५ जना रहेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ २९, बुधबार ०६:१७उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने
कला, विचार/मनोरञ्जन२०८२ माघ २८, मंगलवार २१:१५चलचित्र विकास बोर्डद्वारा एकहप्ते घोडचढी तालिम सञ्चालन
समाचार२०८२ माघ २८, मंगलवार २०:२०फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्न आयोगको निर्देशन
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ २८, मंगलवार १६:२१गण्डकीमा २१ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने








