निखिल र नवनितको अर्धशतकमा नेपाल ‘ए’लाई हराउँदै क्यानडा-११ को विजयी सुरुवात

काठमाडौं,६ फागुन । क्यानडा–११ सँगको पहिलो एकदिवसीय खेलमा नेपाल ‘ए’ ले ४ विकेटको हार ब्यहोरेको छ ।
नेपाल ए ले दिएको २१७ रनको मध्ययम लक्ष्य क्यानडा ११ ले ४९।३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । क्यानडा ११ का लागि नवनित दलिवालले ८० रनको आक्रामक पाली खेले । ७६बलको सामना गरेका उनले १० चौका ३ छक्का हिर्काए । त्यस्तै निखिल दत्तले ११५ बलमा ६७ रन जोड्दा ५ चौका र १ छक्का हिर्काए । त्यस्तै साद विन जफरले २३, श्रेयास मोभ्भाले २२, र श्रीमन्था विजयरत्नेले ५ रन थपे ।
बलिङतर्फ नेपाल ए का साहब आलमले २ तथा प्रतिश जिसी, सागर ढकाल र बसिर अहमदे समान १ विकेट लिए । नेपाली क्रिकेटको इतिहासमा ‘ए’ टिमले खेल्न लागेको यो पहिलो एकदिवसीय शृंखला हो । आजको खेलपछि नेपालले मंगलबार दोस्रो र बिहीबार शृंखलाको अन्तिम खेल खेल्नेछ ।
यसअघि मुलपानीमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१६ रन बनायो । अहमद ५० रनमा अविजित रहे । रासिद खानले ४० रन बनाए भने मयन यादवले ३६ रन जोडे ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८२ मंसिर ८, आईतवार ०९:५५सोमबार जनकपुरसँग विराटनगर र कर्णालीसँग सुदूरपश्चिम भिड्दै « रिपोर्टर्स नेपाल
समाचार२०८२ मंसिर ८, आईतवार ०८:२३आधुनिक हतियारसहित एक युवक पक्राउ
कला, विचार/मनोरञ्जन२०८२ मंसिर ८, आईतवार ०७:४६चलचित्र ‘स्त्री’ फागुन २९ गतेदेखि देशभर प्रदर्शनमा आउने
कला, विचार/मनोरञ्जन२०८२ मंसिर ७, शनिबार १९:३१चलचित्र ‘मन बिनको धन’ हेर्ने देशैभरिका विद्यालयलाई सहयोग र छुट दिने







