१ अर्ब ३० करोड टन प्लास्टिकको बोझ, कसरी थेग्ला पृथ्वीले ?

१ अर्ब ३० करोड टन प्लास्टिकको बोझ, कसरी थेग्ला पृथ्वीले ?

एक अध्ययन अनुसार आगामी २० वर्ष भित्रमा हाम्रो पृथ्वीले १ अर्ब ३० करोड टन प्लास्टिकको भारी बोक्नु पर्नेछ ।

यदि प्लास्टिकको प्रयोगमा कमी नल्याइएमा सन् २०४० सम्ममा पृथ्वीमा फ्याँकिने प्लास्टिक फोहोरको वजन सबा अर्ब टन नाघ्नेछ ।

साइन्स जर्नलमा छापिएको रिपोर्ट अनुसार विश्वमा प्लास्टिकजन्य प्रदुषणको समस्या गम्भीर ढंगले बढिरहेको छ ।

युनिभर्सिटी अफ लिड्सका शोधकर्ता डाक्टर कोस्टास भेलिसका अनुसार यो निकै डरलाग्दो तथ्य हो । तथापि यस चुनौतिको सामना गर्नका लागि हामीसँग प्रविधि उपलब्ध छन् र मौका पनि छ ।

उनी भन्छन्, ‘आगामी २० वर्षमा कुनैपनि खालको तस्वीर हुन सक्नेछ र त्यसका बारेमा यो पहिलो व्यापक आँकलन हो । यति ठूलो आँकलन गर्नु वास्तवमा कठीन काम हो, तर सन् २०४० मा पृथ्वीमा मौजूद हुने प्लास्टिकलार्य यदि समतल सतहमा बिछाउन सुरु गर्ने हो भने त्यसले बेलायतको पूरा क्षेत्रफलको साढे १ गुणा धेरै भाग सम्म छोप्न सकिनेछ । यसको अनुमान लगाउने काम जटिल छ, किनकी प्लास्टिक दुनियाका हरेक ठाउँमा उपलब्ध छ । प्लास्टिकको समस्या कसरी समाधान गर्ने भन्ने कुरा कुनै सजिलो काम होइन । काम जटिल छ, किनकी प्लास्टिक दुनियाका हरेक ठाउँमा उपलब्ध छ । प्लास्टिकको समस्या कसरी समाधान गर्ने भन्ने कुरा कुनै सजिलो काम होइन ।’

प्लास्टिक समस्याको विकराल अवस्थालाई आँकडामा बदल्नका लागि शोधकर्ताहरुले विश्वमा प्लास्टिकको उत्पादन, प्रयोग तथा त्यसको व्यवस्थापनका विषयमा अध्ययन गरे । त्यसपछि उनीहरुले एउटा मोडेल तयार पारे जसबाट भविष्यको प्लास्टिक प्रदुषणको समस्याको अनुमान लगाउन सकियोस् ।

प्लास्टिक उत्पादनको बढोत्तरीको मौजूदा ट्रेण्ड तथा त्यसको पुनप्रयोग र पुनचक्रणको मात्रामा कुनै उल्लेखनीय परिवर्तन नहुने परिप्रेक्ष्यमा सन् २०४० सम्ममा विश्वमा १.३ अर्ब टन प्लास्टिक थुप्रिनेछ ।

तर यदि प्लास्टिकको उत्पादनमा कमी ल्याउने, पुनप्रयोग तथा पुनचक्रण गर्ने तथा प्लास्टिकको साटो अन्य सामानहरुको प्रयोगमा बढोत्तरी गर्ने हो भने सन् २०४० सम्ममा समुद्रमा जाने प्लास्टिकको मात्रामा ८० प्रतिशतले कमी आउने शोधकर्ताहरुको भनाई छ ।

प्लास्टिक समस्या समाधानका लागि यस्ता छन् उपाय

शोधकर्ताहरुका अनुसार विश्वमा प्लास्टिकको विकराल समस्या समाधानका लागि यस्ता कदमहरु चाल्नु आवश्यक हुन्छः

· प्लास्टिकको उत्पादन तथा खपतमा आइरहेको बढोत्तरीलाई घटाउने

· प्लास्टिकको ठाउँमा कागज, जुट तथा अन्य कुहिने पदार्थबाट बनेका सामानहरुको प्रयोगलाई बढावा दिने

· पुनचक्रणका लागि उत्पादन तथा प्याकेजिङ मेटेरियलहरु डिजाइन गर्ने

· मध्य तथा कम आय भएका मुलुकहरुमा फोहोरमैला एकत्रित गर्ने दर बढाउने र असंगठित क्षेत्रलाई सहयोग गर्ने

· निर्माण सम्बद्ध क्षेत्रले आफुद्धारा उत्पादित पुनचक्रण नहुने खालको २३ प्रतिशत प्लास्टिकलाई आफै व्यवस्थापन गर्ने

· प्लास्टिकको फोहोरको निर्यात घटाउने

डाक्टर भेलिसका अनुसार यदि सबै सम्भव कदम उठाएपनि आगामी दुई दशकमा ७१ करोड टन अतिरिक्त प्लास्टिकको फोहोर पर्यावरणमा थपिनेछ ।

छैन कुनै भरपर्दो समाधान

प्लास्टिकको समस्या समाधान गर्ने कुनै भरपर्दो उपाय भने छैन । उक्त अध्ययनमा एक यस्तो तथ्यमाथि पनि प्रकाश पारिएको छ जसलाई प्रायः नजरअन्दाज गर्ने गरिन्छ ।

शोधकर्ताहरुका अनुसार दक्षिणी गोलार्ध भनिने अफ्रिका, ल्याटिन अमेरिका तथा एसियाका विकासशील देशहरुका करीब २ अर्ब मानिसहरुसँग फोहोरमैला व्यवस्थापनको सुविधा अहिलेसम्म पनि उपलब्ध छैन । उनीहरुले कि त फोहोर जलाउनु पर्दछ वा त कतै फ्याँक्नु पर्दछ ।

डाक्टर भेलिसका अनुसार फोहोरमैला जम्मा गर्ने तथा छुट्टाउने कार्य गर्नेहरु रिसाइक्लिङको मोर्चाका यस्ता सिपाहीहरु हुन् जसको कुनै मूल्यांकन नै गरिँदैन । सफाइका ती सिपाहीहरुको कदर हुनुपर्दछ र सहयोग गर्नु पर्दछ । बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *