६ गुणासम्म बढी भाडा अशुल निषेधाज्ञामा, ३३ जना पक्राउ

६ गुणासम्म बढी भाडा अशुल निषेधाज्ञामा, ३३ जना पक्राउ
Share this

निषेधाज्ञाको अवधिमा यात्रु ठग्नेविरुद्धको अभियानलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले तिव्रता दिएको छ।महाशाखाले निषेधाज्ञाको घोषणा पश्चात परिचालन गरेको ठगी विरुद्धको बिशेष अपरेसन टोलीले बिभिन्न स्थानहरुमा यात्रु ठगी गर्नेलाई दैनिक रुपमा पक्राउ गरिरहेको छ।

बढी भाडा लिई यात्रु ठगी गर्ने कार्यमा संलग्नहरुलाई ट्राफिक प्रहरीले निग्रानी गरि हालसम्म ३३ जनालाई पक्राउ गरि कारबाहीको दायरामा ल्याएको छ।

ठगी गर्नेहरु विरुद्धको अपरेसन टोलीले बैदेशिक रोजगारबाट घर फर्किने र जरुरी कामको सिलसिलामा उपत्यका बाहिरी जिल्लाहरु जाने यात्रुसँग ६ गुणासम्म बढी भाडा लिने गरेको पाइएको महाशाखाले जनाएको छ। त्यस्तो कार्यमा काउण्टरका कर्मचारीहरुको समेत संलग्नता पाएपछि पक्राउ गरेको महाशाखाले जनाएको छ।

‘निषेधाज्ञा पश्चात यात्रुहरुसँग तोकिएको भन्दा बढी भाडा लिने गिरोहलाई कारबाही गर्न छुट्टै डेडिकेटेड अपरेसन टोली परिचालन गरेका छौं’ महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले भने,‘टोलीले काउण्टर तथा आसपासको क्षेत्रमा निग्रानी गर्ने, यात्रुसँग गोप्य रुपमा बुझ्ने, यात्रु बनेर भाडा बार्गेनिङ गर्ने र ठगी गरेको पाइए पक्राउ गर्ने गरिएको छ।’

अन्तिम अपडेट: 2021-May-13 समय 3:58 PM

173 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com