Home राजनीति संसदको चालू अधिवेशन अन्त्य,लगानीसँग सम्बन्धित कानुन ल्याउन अध्यादेशकै भर

संसदको चालू अधिवेशन अन्त्य,लगानीसँग सम्बन्धित कानुन ल्याउन अध्यादेशकै भर

1
0

सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठन गर्ने नगर्ने विषयमा सत्तापक्ष प्रतिपक्ष आआफ्नो अडानबाट टसमस नभएपछि त्यसको सिधा असर संसदमा परेको छ ।

फलस्वरुप संसदको चालू अधिवेशन आजदेखि अन्त्य गरिएको छ । एक महिना भन्दा बढी समयदेखि जारी संसद्को गतिरोध नहट्दै संसद् अधिवेशन अन्त्य गरिएको छ ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनेसम्म प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् चल्न नदिने अडान लिइरहेकै बेला सरकारले चालू अधिवेशन अन्त्य गरेको हो ।

सरकारले भने हिउँदे अधिवेशन र वर्षे अधिवेशनबीचमा कम्तीमा १५ दिन अन्तर हुने भएकाले यो अधिवेशन अन्त्य गर्नुपरेको बताएको छ । सहकारी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउन कांग्रेससहितका प्रतिपक्षी दलहरुले पछिल्लो समय दबाब बढाउदै लगेका थिए ।

गत बुधबारको प्रतिनिधिसभा बैठकमा राप्रपा र लोसपा पनि कांग्रेससँगै संसद् अवरोधमा सामेल भए । तर प्रतिपक्षको संसदीय समिति गठनको मागमा सत्तापक्ष सहमत भएन । कांग्रेसले सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले गरेको निर्णयप्रति असहमति जनाएको छ ।

कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकले बजेट अधिवेशनको लागि पर्याप्त समय हुँदाहुँदै चालु अविधेशन अन्त्य गर्न सरकारले गरेको सिफारिसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । सरकारको यो निर्णय संसदीय मूल्य मान्यता विपरीत भएको सो पार्टीले जनाएको छ ।

गत बिहिबार विराटनगरमा सञ्चारकर्मीसँग बोल्दै प्रधानमन्त्री प्रचण्डले सहकारीसँग सम्बन्धित समग्र विषयको अलगै र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं गृहमन्त्री रवि लामिछाने सम्बन्धी विषय अलगै अध्ययन गरेर समस्याको समाधान गर्न सकिने बताउनुभएको थियो । सत्तारुढ दलहरुले भने प्रतिपक्षी दलको व्यवहारकै कारण संसद बैठक निरन्तर अवरोध भएकाले पनि हिउदे अधिवेशन अन्त्य गर्नुपरेको आरोप लगाएका छन् ।

सरकारले वैशाख मध्यमा लगानी सम्मेलन गर्दै छ । लगानी भित्र्याउन सरकार करिब एक दर्जन कानुन संशोधनको तयारीमा जुटेको छ । चालु अधिवेशन अन्त्य भएसँगै लगानीसँग सम्बन्धित कानुन अध्यादेशमार्फत् संशोधन हुने सम्भावना बढेको छ । प्रधानमन्त्रीले बुधबार नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभालाई सम्बोधन गर्दै संसद्बाट नसकिए अध्यादेशबाट भए पनि लगानीको वातावरण निर्माण गर्न कानुन संशोधन गरिने प्रतिबद्ध

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleमुख्यमन्त्रीमा एउटै पार्टीका दुई जनाको दाबी परेपछि परामर्शमा प्रदेश प्रमुख
Next articleभारत सरकारद्वारा ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस प्रदान