स्वास्थ्य चौकीमा प्रयोगशाला सुरु भएपछि कुसुमवासीमा खुसियाली

राँझा (बाँके), ३ मङ्सिर । बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुमस्थित स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना भएपछि वडावासी खुसी छन् ।
प्रयोगशाला नहुँदा छिमेकी जिल्ला दाङको लमही, बाँकेको बैजापुर वा कोहलपुर पुग्नुपर्ने बाध्यता अब हटेको छ । स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन गरिएपछि कुसुमक्षेत्रका बैरिया, बर्दापुर, लौकी, चपरगौडी, बाघखोर, बासखोली, भवानीयापुर, खोकरी, भम्का, सिक्टा, गाभरलगायत क्षेत्रका बासिन्दालाई उपचारका लागि सहज भएको राप्ती सोनारी गाउँपालिका–१ का वडाध्यक्ष यमबहादुर खड्काले बताए ।
“यहाँ प्रयोगशाला नहुँदा छिमेकी जिल्ला दाङको लमही, बाँकेको बैजापुर वा कोहलपुर पुग्नुपर्ने बाध्यता थियो, अब स्थानीयवासीले आफ्नै गाउँमा सेवा पाउने भएका छन्”, वडाध्यक्ष खड्काले भने, “सामान्य रोगको परीक्षणका लागि पनि दिनभरको यात्रा गर्नुपर्ने बाध्यता अन्त्य भएको छ, यसलाई प्रभावकारी र गुणस्तरीय बनाउनु पर्नेछ ।”
गाउँपालिकाले उपलब्ध गराएको पाँच लाख बजेटबाट कुसुम स्वास्थ्यचौकीमा प्रयोगशालासुरु गरिएको हो । गाउँपालिका अध्यक्ष तप्त पौडेलले सबै नागरिकलाई सहज र सरल तरिकाले स्वास्थ्य सेवा प्रदान गर्न कुसुम स्वास्थ्यचौकीमा प्रयोगशाला सञ्चालन गरिएको बताए ।
सीमित स्रोतसाधनलाई अधिकतम उपयोग गर्दै स्वास्थ्य सेवालाई प्रभावकारी गराउने गरी गाउँपालिकाले काम गरिरहेको उनको भनाइ थियो । स्वास्थ्य, शिक्षाजस्ता आधारभूत सेवाहरुलाई पहुँचमैत्री र प्रभावकारी बनाउने गरी गाउँपालिका लागिपरेको उल्लेख गर्दै अध्यक्ष पौडेलले यसमा सबैको सहयोग र साथको आवश्यकता रहेको बर्ता ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले पूर्वी क्षेत्रमा रहेको कुसुममा ल्याब सेवा सुरु भएपछि यसक्षेत्रका नागरिकलाई ठूलो राहत मिलेको जानकारी दिए । स्वास्थ्यचौकीलाई पनि स्तरीय बनाउँदै लगिएको बताउँदै उनले सेवा प्रवाहलाई पनि बिरामीमैत्री बनाइएको जिकिर गरे ।
“गाउँपालिकाका सबै स्वास्थ्यचौकीलाई स्तरीय बनाउँदै लगिएको छ”, उनले गाउँपालिकाको वडा नं १ कुसुमक्षेत्र जिल्ला सदरमुकाम नेपालगञ्जबाट करिब ७० किलोमिटर टाढा दाङसँग जोडिएको छ । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ३२, बिहीबार ०९:१०सुरु भयो ‘रातो घेरा’ को छायांकन
खेलकुद२०८३ असार ३२, बिहीबार ०७:४१दुई दशकअघि काखमा बोकेका बालकसँग विश्वकप फाइनलमा भिड्दै मेस्सी
सूचना-प्रविधि२०८३ असार ३१, बुधबार २०:४८अब यी चलचित्रले प्रदर्शन अनुमति नपाउने
समाचार२०८३ असार ३१, बुधबार १८:३०नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट








