आज विपी कोइरालाको ३९ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ

आज विपी कोइरालाको ३९ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको आज ३९ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०१५ सालको संसदीय चुनावपछि २०१६ जेठमा उहाँ पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो ।
कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि नेतृत्व गर्नुभयो । उहाँको कार्यकालमा बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाउनुभयो । यदपि २०१७ साल पुस १ गते भने शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइराला सहित अन्य नेतालाई पनि सिंहदरबारमा बन्दी बनाइएको थियो । कोइराला, कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंह लगायतलाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *