काभ्रेको धुलिखेलमा सुरक्षा र अपराध अनुसन्धान सम्बन्धी अन्तक्रिया

काभ्रे- काभ्रे जिल्लाको धुलिखेलमा बागमती प्रदेशस्तरीय दुई दिवसीय सुरक्षा तथा अपराध अनुसन्धान गोष्ठी शुरु भएको छ । गोष्ठीमा बागमती प्रदेशका दश जिल्लाका प्रहरी प्रमुख, अपराध अनुसन्धानमा संलग्न प्रहरी अधिकारी, जिल्ला न्यायाधीश तथा जिल्ला महान्याधीवक्ताहरुको सहभागिता रहेको छ ।
प्रहरी अतिरिक्त महानिरिक्षक टेकबहादुर तामाङले गोष्ठीको शुभारम्भ गर्दै सुरक्षा र अपराध अनुसन्धानसँगै नागरिकहरुको सुरक्षाका बारेमा कसरी थप समृद्ध योजना निर्माण गर्न महत्वपूर्ण रहेको बताउनुभयो ।
बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून सचिव ध्रुर्व गैडाले बदलिँदो परिस्थिती र समय अनुसार नेपालमा बढिरहेका अपराध र अपराध अनुसन्धानका चुनौतीलाई सामना गर्न गोष्ठीको निश्कर्ष महत्वपूर्ण हुने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले लैङ्गिक हिंसा विश्वबाटै अन्त्य गर्ने अभियान जारी रहेका बेला बामगती प्रदेश प्रहरी कार्यालयले प्रदेश भित्र भएका अपराध अनुसन्धान तथा नागरिकहरुको सुरक्षाका बारेमा समिक्षा गर्ने महत्वपूर्ण गोष्ठीले नागरिक मैत्री सेवामा सहजता आउने बताउनुभयो ।
कार्यक्रममा साईबर अपराध, अनुसन्धानका चुनौती, संहिता कानूनको कार्यान्वयन, बागमती प्रदेशका जिल्लाहरुमा भएका अपराध र अनुसन्धानमा भएका प्रगति तथा समस्या र समाधानका उपायहरुका बारेमा छलफल गरिने बामगती प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरिक्षक दिपक रेग्मीले जानकारी दिनुभयो ।
अपराधिक कृयाकलापमा परिवर्तन भएको र अपराधको शैली समेत बदलिएको अवस्थामा त्यसका आवरणमा हुन सक्ने थप घटनाका बारेमा समेत गोष्ठीमा समिक्षा हुने बताउदै एउटा देशमा रहेर अर्को देशमा अपराध गर्ने प्रवृत्ति, अपराध अनुसन्धान, अभियोजन र न्याय निरुपणका बारेमा गोष्ठीमा छलफल हुने जानकारी दिनुभयो ।
बागमती प्रदेश प्रहरी प्रमुख डिआईजी किरण राणाले प्रहरीले आफैलाई सबल बनाउँदै लैजानुपर्ने चुनौती रहेको बताउँदै प्रहरीका समस्या र समाधानका उपायका बारेमा दुई दिवसीय कार्यक्रममा छलफल हुने बताईन् ।
सामाजिक सञ्जालका कारण बढेका अपराधको अनुसन्धान र त्यसका नियमनका बारेमा प्रहरी अधिकारीहरु सक्षम हुनु पर्ने राणाले बताईन् । गोष्ठीको समापन कार्यक्रममा बागमती प्रदेश आन्तरिक मामीला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठ लगायतले सम्बोधन गर्नेछन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ८, मंगलवार १७:४१पारितोषिका पन्तको परिपक्व प्रस्तुति – ‘पहिलो हाँसो, पहिलो बोली’
समाचार२०८३ बैशाख ८, मंगलवार १६:३५अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने
समाचार२०८३ बैशाख ८, मंगलवार १४:२५क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ
खेलकुद२०८३ बैशाख ८, मंगलवार १०:३७लगातार चार खेल हारेको मुम्बई ९९ रनले विजयी







