भारतमा बस र रेल ठोक्किँदा ११ जनाको ज्यान गयो

भारतमा बस र रेल ठोक्किँदा ११ जनाको ज्यान गयो
Share this

असल खबर। भारतमा बस र रेल एकआपसमा जुद्दा ११ जनाको ज्यान गएको छ । हिजो राति लखनउँ अयोध्या राजमार्गमा यो दुर्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

रामसहेनिघाटको पुलमाथि बिग्रेपछि रोकेर राखेको डबल डेकर बसमा लखनउबाट आइरहेको रेलले ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परेर बसमा सवार ११ जनाको घटनास्थलमै ज्यान गएको छ भने केही गम्भीर घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएका छन् ।
प्रहरी तथा स्थानीयको सहयोगमा घटनास्थलबाट शव हटाउने तथा घाइतेलाई अस्पताल पुर्याउने काम भएको थियो ।  एजेन्सी

अन्तिम अपडेट: 2021-July-28 समय 8:50 AM

49 पटक पढिएको
Share this