Logo

    काठमाडौँ १० मा कांग्रेसका उम्मेदवार केसीको अग्रता

    काठमाडौँ १० मा कांग्रेसका उम्मेदवार केसीको अग्रता असल खबर २०७९ मंसिर ६, मंगलवार १४:१० मा प्रकाशित

    काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नं १० मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार राजन केसीको अग्रता कायम छ ।

    कीर्तिपुर नगरपालिकाको १ देखि १० वडासम्मको मतगणना गर्दा पछिल्लो मतपरिणामअनुसार २० हजार नौ सय ५३ मतगणना हुँदा कांग्रेसका केसीले छ हजार ६ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले चार हजार एक सय ३१ मत प्राप्त गरेका छन ।

    नेकपा (एमाले) का हिमेश केसीले तीन हजार ६ सय दुई मत ल्याउनुभएको छ । नेकपा (माओवादी केन्द्र)का उम्मेदवार अन्जना विसङ्खेले दुई हजार दुई सय चार मत प्राप्त गरेकी छन । मतगणना जारी छ । हालसम्म गणना भएको मतमध्ये आठ सय ६६ मत बदर भएको छ ।

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ताजा समाचार
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Deep Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    ट्रेंडिंग समाचार