Home समाचार ललिता निवास प्रकरण : पूर्वप्रधानमन्त्रीद्वयविरुद्ध मुद्दा दर्ता नभएको विषयमा कारण देखाउ आदेश

ललिता निवास प्रकरण : पूर्वप्रधानमन्त्रीद्वयविरुद्ध मुद्दा दर्ता नभएको विषयमा कारण देखाउ आदेश

3
0
ललिता निवास प्रकरण : पूर्वप्रधानमन्त्रीद्वयविरुद्ध मुद्दा दर्ता नभएको विषयमा कारण देखाउ आदेश




काठमाडौँ- सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईविरुद्ध मुद्दा दर्ता नभएको विषयमा कारण देखाउ आदेश गर्दै लिखित जवाफ माग गरेको छ ।

न्यायाधीश विनोद शर्माको एकल इजलासले आज ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वयविरुद्ध मुद्दा दायरको विषयमा सरकारका नाममा कारण देखाउ आदेश गरेको हो ।

वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले ललिता निवासमा पूर्वप्रधानमन्त्रीद्वयलाई उन्मुक्ति दिइएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । उक्त रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि अदालतले सरकारका नाममा लिखित जवाफ माग गर्ने आदेश गरेको हो ।

अदालतले यसअघि दर्ता भएको दुईवटा रिट निवेदनलाई साथै राखी पेस गर्न आदेश गरेको छ । रिट निवेदनमा पूर्वप्रधानमन्त्रीद्वयविरुद्ध पूरक अभियोग दर्ता गर्न आदेश दिनुपर्ने माग गरिएको थियो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  ग्लोबल आइएमई बैंकको सञ्चालकमा ज्ञवाली नियुक्त
Previous articleशहरीको सहमतिबिना सामान्य प्रशासन मन्त्रालयद्वारा कर्मचारीको सरुवा
Next articleव्यवसाय गर्ने सोच बनाउने युवाहरुको लागि लगानी जुटाउने काममा म सहयोग गर्छुः  वडा अध्यक्ष प्रकाश श्रेष्ठ