आजको मौसम : देशका अधिकांश स्थानमा पानी पर्ने सम्भावना

धादिङ,११ असोज
मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाको सूचनाअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनीका प्रदेशका पहाडी भूभागका थोरै र देशका बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।यस्तै राति कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।कोशी, गण्डकी र बागमती प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख २३, बुधबार १७:०३कर्मचारी ट्रेड युनियनका साइनबोर्ड हटाइयो, खाली गराइँदै कार्यालय
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख २३, बुधबार १३:५८वीर अस्पतालका निर्देशक डा.शर्माले पनि दिए राजीनामा
कला, विचार/मनोरञ्जन२०८३ बैशाख २३, बुधबार १०:३८चलचित्र ‘मालती मंगले’ लाई सबै दर्शकले हेर्न मिल्ने
खेलकुद२०८३ बैशाख २३, बुधबार १०:३५दिल्लीविरुद्ध चेन्नई विजयी, आज हैदरावाद र पञ्जाव भिड्दै « रिपोर्टर्स नेपाल








