विश्व मुटु दिवस : मुटु स्वस्थ राख्न कस्ता खानेकुरा खाने ?
मुटुबिना कुनैपनि मानिस वा जनाबरको जीवन असम्भव छ । वरपरको वातावरण, खानपान, सरसफाइले हाम्रो जीवनशैलीमा धेरै असरहरु पारेको हुन्छ । हाम्रो मुटुलाई स्वस्थ राख्न के–कस्ता खानेकुराहरु खाने, कति र कुन समयमा खानुपर्छ भन्ने कुराहरुको बारेमा जान्न जरुरी हुन्छ । मुटुलाई स्वस्थ राख्न कसरत, योगा र बेलाबेलामा चेकजाँच गर्नुपर्दछ । मुटुलाई स्वस्थ राख्न सबैभन्दा पहिले खानपान र स्वास्थ्यमा ध्यान दिन जरुरी हुन्छ । धुम्रपान र मद्यपानको प्रयोगले गर्दा मुटु र फोक्सोमा मात्र नभई अन्य शरीरमा असर पार्ने र मृत्युसमेत निम्त्याउने भएकोले त्यस्ता चिजहरुको प्रयोग गर्नुहुदैन ।
मुटुलाई स्वस्थ राख्ने खानेकुराहरु
१. हरियो सागसब्जीमा एन्टिअक्सिडेन्ट, फाइबर र भिटामिन जस्ता धेरै गुणहरु पाइन्छ जसले हाम्रो मुटु र शरीरको विभिन्न भागहरुमा समेत फाइदा गर्दछ ।
२. फाइबर भएको खानेकुराले कोलेस्टेरोल कम गर्न, ट्राइगलेटसाइट कम गर्न, डाइबिटिज, ब्लडप्रेसर जस्ता थुप्रै रोगहरु नियन्त्रण गर्न मद्दत गर्ने भएकोले फाइबरयुक्त खानेकुराहरु खाने गर्नुपर्दछ । सबैभन्दा बढि फाइबर स्याउको बोक्रा, नास्पाती र बेरीमा पाइन्छ ।
३. फलफुल तथा तरकारीमा सबैभन्दा बढि एन्टिअक्सिडेन्ट पाईने भएकोले एन्टिअक्सिडेन्ट भएका खानेकुराहरु खानुपर्दछ ।
४. मिलमा पिसेको शुद्ध गहुँको पिठोको प्रयोग (खाँदा) हाम्रो मुटु स्वस्थ हुन्छ ।
५. फलफुल वा जुसमा मिनरल्स तथा विभिन्न प्रकारका पौष्टिक तत्व पाइनेहुनाले मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ ।
६. सलादमा एन्टिअक्सिडेन्ट, मिनरल, फाइबर जस्ता गुणहरु पाइनेहुनाले मुटुलाई स्वस्थ राख्नको लागि दैनिक सलादको प्रयोग गर्नुपर्दछ ।
७. प्रशस्त मात्रामा पानी पिउने गर्नुपर्दछ ।
८. अंकुरित दालहरुको प्रयोग गर्ने गर्नुपर्दछ ।
९. ग्रीन टीमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट पाइने हुनाले मुटुको स्वास्थ्यको लागि राम्रो मानिन्छ ।
१०. घरमै बनेको खानेकुरा वा कम तेलमा पकाईएका खानेकुरा खानुपर्दछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८० मंसिर १५, शुक्रबारएनसेल शेयर बिक्री गर्नेआजियाटाको निर्णयविरुद्ध कारण देखाउ आदेश
समाचार२०८० मंसिर १५, शुक्रबारथोपा सिचाईको लागि सल्यानटारको सहकारीलाई पानी तान्ने मेसिन हस्तान्तरण
समाचार२०८० मंसिर १५, शुक्रबारनक्कली भुटानी शरणार्थी प्रकरण: को कति धरौटीमा छुटे ?
कला, विचार/मनोरञ्जन२०८० मंसिर १५, शुक्रबाररोज लामाको ‘मेरो माया सजाउँदा’ मा आयसा र नहिम(भिडियो)