Home समाचार जीर्ण रोप वे का कारण विद्यालय र बस्ती जोखिममा

जीर्ण रोप वे का कारण विद्यालय र बस्ती जोखिममा

0
जीर्ण रोप वे का कारण विद्यालय र बस्ती जोखिममा

मकवानपुर- हटौँडा सिमेन्ट उद्योगको चुन ढुङ्गा ढुवानीका लागि २०४२ सालबाट सञ्चालनमा ल्याइएको रोपवे २०५६ सालमा आएर पूर्ण रुपमा बन्द भयो । जिर्ण रोपवे अहिले हेटौँडा उपमहानगरको १, ९ र १० नम्बर वडाका स्थानीय र त्रिवेणी आधारभूत विद्यालयलाई खतराको घण्टी बनेर झुण्डीरहेको छ ।

२०५६ सालदेखि बन्द रहेको यो रोपवेको संरचना २४ बर्षसम्म पनि हेटौंडा सिमेन्ट उद्योगले हटाएको छैन । रोपवेका लठ्ठा र खम्बाहरुमा खिया लागिसकेको छ । हेटौंडा उपमहानगरपालिकाको १, ९ र १० नम्बर वडाका स्थानीयका साथै त्रिवेणी आधारभूत विद्यालय समेत जीर्ण रोपवेका कारण जोखिममा छ ।

विद्यालयको छाना माथि नै खियाले खाएर जिर्ण बनेको लठामा चुन ढुंगासहितको डिब्बा छ । जुनसुकै बेला रोपवेको तार चुडिएर ठुलो दुर्घटना हुनसक्ने भन्दै बिद्यालयका शिक्षक र बिद्यार्थीले चिन्ता ब्यक्त गरेका छन् ।

जोखिमकै डरले बाल उद्यान निर्माणका लागि वडा कार्यालयले ल्याएको योजनामा विद्यालयले सहमती जनाउन नसकेको विद्यालयकी प्रधानअध्यापक शुशीला पौडेलले बताउनुभयो ।

रोप वे क्षेत्र बरपरका स्थानीय बासिन्दा जुनसुकै बेला लठ्ठा चुडिएर मानवीय क्षति हुने हो कि भन्ने त्राशमा छन् । यसको व्यवस्थापनका लागि स्थानीयले पटकपटक हेटौँडा सिमेन्ट उद्योग प्रशासनको ध्यानाकर्षण समेत गराए । तर, उद्योगले यसको ब्यवस्थापनमा अहीलेसम्म चासो देखाएन । रोपवेको तारलाई बाटो बनाउँदै बस्तीमा बाँदर पसेर थप हैरानी खेप्नु परेको स्थानीयले गुनासो गरेका छन् ।

११ किलोमिटर दूरीमा रहेको रोपवेका आठवटा टर्मिनल, सातवटा स्टेसन र तीन सय ५३ वटा टावर छन् । वर्षौदेखी बेवारिसे स्थितीमा झुन्डीरहेको जिर्ण संरचना हटाउन पटक पटक उद्योग प्रशासनसँग आग्रह गरेपनि सुनुवाइ हुन नसकेको ९ नम्बर वडा अध्यक्ष सुकराम केसीले बताउनुभयो ।

जीर्ण रोपवेका कारण मावबस्ती जोखिममा परेको स्वीकार गर्दै लिलिमीको तयारीमा उद्योग रहेको नायब महाप्रबन्धक नवीनकुमार कर्ण बताउनुभयो । यसकालागि समिति गठन गरिएको र मूल्य निर्धारण गरी टेण्डर अव्हन गरिने कर्णले बताउनुभयो ।

समयमै उचित व्यवस्थापन हुन नसके रोपवेका कारण धनजनको क्षति हुने निश्चित जस्तै छ । समयमै सम्बन्धित निकायले समस्या समाधान गर्न जरुरी देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here