सिचुवान प्रान्तको छेन्दु शहरमा रहेको जिङ जियाङ होटलमा भएको बैठकमा प्रधानमन्त्री प्रचण्डले नेपाल र चीन सदिऔंदेखिका असल मित्र, निकट छिमेकी र विश्वासिलो सहकर्मीको रुपमा सहकार्य हुँदै आएको र आगामी दिनमा नेपाल चीन सम्बन्ध अझ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले नेपालले आफ्नो भुमी चीन विरुद्दका कुनै पनि किसिमको गतिविधिमा प्रयोग हुन नदिने भन्दै नेपालको सार्वभौम सत्ता एवम स्वतन्त्रतामा चीनले पहिल्यैदेखि सम्मान गर्दै आएको र अब पनि सम्मान गर्ने विश्वास रहेको बताउनुभयो ।
चीनले विकास निर्माणको क्षेत्रमा गरेको प्रगतिको प्रशंसा गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल र चीनबीच आर्थिक लगाएतका क्षेत्रमा अझ गहिरो सहकार्य हुनुपर्ने बताउनुभयो ।
त्यस अवसरमा चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबाट आफू खुसी भएको बताउँदै नेपालसँग सहकार्य गर्न तत्पर रहेको बताउनुभयो । उहाँले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा भएका सहमतिहरु कार्यान्यवन तहमा लैजान आफू सकृय रहने बताउनुभयो ।
बैठकमा परराष्ट्र मन्त्री एनपी साउद, खानेपानी मन्त्री महिन्द्र राय यादव, भोतिक योजना तथा पुर्वाधार मन्त्री प्रकाश ज्वाला, मुख्य सचिव बैकुण्ठ अर्याल तथा परराष्ट्र सचिव भरतराज पौडेल लगाएत भ्रमण टोलीका सदस्यहरु रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोबिन्द आचार्यले जानकारी दिनुभयो ।