Home समाचार सरकार र राहत शिक्षकहरुबीच पाँच बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र राहत शिक्षकहरुबीच पाँच बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

0
सरकार र राहत शिक्षकहरुबीच पाँच बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता




काठमाडौं- सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच ५ बुँदे सहमति भएको छ । सहमतिसँगै शिक्षहरुको आन्दोलन फिर्ता भएको छ ।

सरकारले विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गराएपछि नेपाल शिक्षक महासंघ ३ असोजदेखि विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएको थियो ।

सरकार र महासंघबीच ५ असोजमा भएको सहमतिमा राहत, अनुदान कोटामा कार्यरत शिक्षकको सिमित प्रतिस्पर्धासम्बन्धी व्यवस्थालाई एक पटकका लागि आन्तरिक तर्फ ७५ प्रतिशत कायम गर्ने उल्लेख थियो ।

सरकारले ल्याएको विधेयकमा ५० प्रतिशत भनिएको थियो । ७५ प्रतिशत बनाउने सहमतिप्रति असहमति जनाउँदै राहत शिक्षकहरुले आन्दोलन जारी राखेका थिए ।

शिक्षामन्त्री अशोककुमार राईसहित आन्दोलनरत विभिन्न ५ घटक संस्थाको शिक्षक प्रतिनिधिबिच सिंहदरबारमा वार्ता भएको राहत शिक्षक केन्द्रिय संघर्ष समितिले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here