शनिबार राती सात बजेको समयमा आएको भिषण वर्षा सहितको बाढिले यात्रुसहित जिप बगाएको हो । गाडिमा सबार ४ जना मध्ये चालक बसन्तबहादुर थापालाई जिल्ला प्रहरी कार्यालय पर्बतले नियन्त्रणमा लिएको छ ।
सडक अबरुद्ध भएपछि लामो तथा छोटो दुरीका यात्रुहरू बीचैमा अलपत्र परेका छन् । डिएसपी खुमलाल भुसालले सडक खुलाउने कार्य भईरहेको र हराएको सवारीसहितका यात्रुहरूको खोजिकार्य भइरहेको बताउनुभयो ।
जीपसहित सवार यात्रुहरू झण्डै ५ सय मिटरको दुरीसम्म नभेटिएको प्रहरीले जनाएको छ ।