चलचित्र ‘चिट्ठी’ को पोष्ट प्रोडक्सन सम्पन्न

काठमाण्डौ। संचारकर्मी कमला जोशी निर्माता रहेको चलचित्र ‘चिट्ठी’को पोष्ट प्रोडक्सनको कार्य पुर्ण रुपमा सम्पन्न भएको छ । मंगलबार आफ्नो यूनिटसंग चलचित्रको बारेमा समिक्षा गर्दै चलचित्र चिट्ठीको सम्पुर्ण कार्य सम्पन्न भएको र अव केही दिनमै चलचित्रको फष्टलुक सार्वजनिक गर्ने तयारीमा रहेको जानकारी निर्माण पक्षले दिएको छ ।
कमेडी, सस्पेन्स र थ्रिलर जनरामा बनेको चलचित्रलाई माधव राज खरेलले लेखन तथा निर्देशन गरेका हुन् । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा सञ्जित भण्डारी, अर्गानिक कमेडी खड्गबहादुर पुनमगर खवपु, गोपाल ढकाल छन्दे, नबुजंग थापा, मुस्कान लामा, प्रवन भुषाल, कञ्चन चालिसेका साथै बरिष्ठ कलाकार मोहन निरौला, शान्तिप्रिय, माधव खरेल, श्रीदेव भट्टराई, नम्रता खरेल पौडेल, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविलसिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, पूर्ण राई, राजु कार्की, रन्जु गुरुङ, मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्रमा पत्रकार समेत रहेका गायक तथा संगीतकार सरोज कोइरालाले संगीत भरेका छन् । शिब परियार, बेनिसा पौडेल, बसन्त अर्यालको स्वरमा ती गीतहरु रेकर्ड भएका हुन् । डा.कृष्णहरि बराल र कमला जोशी गीतकार रहेको चलचित्रमा एउटा शिवताण्डव भजन समेत रहेको छ जुन भजनको संगीत संगीतकार राजेन्द्र बजगाईंले गरेका हुन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ५, मंगलवार २२:०४जेनजी प्रदर्शनमा घाइतेलाई मासिक उपचार खर्च
समाचार२०८३ जेष्ठ ५, मंगलवार १८:३५बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ५, मंगलवार १६:४२चारु : श्रीकृष्ण शर्मा
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ५, मंगलवार ०८:५०कान्समा नेपालको पहिलो आधिकारिक स्टल : नेपाली चलचित्रको विश्व बजार यात्रामा बोर्डको ऐतिहासिक पहल









