Home कला, विचार/मनोरञ्जन सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पत्नी सुप्रिया कटवालको आक्रोश : कुरीकुरी नेपाल सरकार

सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पत्नी सुप्रिया कटवालको आक्रोश : कुरीकुरी नेपाल सरकार

0
सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पत्नी सुप्रिया कटवालको आक्रोश : कुरीकुरी नेपाल सरकार

काठमाडौं, २१ असोज । चलचित्र क्षेत्रमा यतिवेला एकले अर्कोलाई पक्राउ गर्ने क्रम सुरु भएको छ । पछिल्लो समय अभिनेता अनमोल केसी पक्राउ परेसँगै चलचित्र क्षेत्रको विवाद छताछुल्ला भएको छ । अनमोललाई पक्राउ गराएका चलचित्र निर्माता तथा निर्देशक सुदर्शन थापा पनि अहिले कानूनी उल्झनमा परेका छन् । थापाविरुद्ध अहिले पक्राउ पुर्जी जारी भएको छ ।

सो कुरा थापाकी पत्नी सुप्रिया कटवालले नै खुलासा गरेकी छिन् । उनले न्यायालयको त विश्वास नभएको भन्दै अरु कसको विश्वास रह्यो र ? भन्दै प्रश्न गरेकी छिन् । चलचित्र प्रसाद–२ प्रकरणमा थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको बुझिएको छ । सो प्रकरणमा यसअघि नै ओएसआर डिजिटलका ओम प्रकाश अग्रवाल पक्राउ परिसकेका छन् । उनलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

यही प्रकरणमा सुदर्शन थापाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । थापा भने अहिले सम्पर्कविहीन रहेको बताईएको छ । उनकी पत्नी सुप्रियाले भने फेशबुकमा यस्तो लेखेकी छिन्-

यो देशमा पहुँच छ भने जे गरेपनी चल्दो रहेछ । प्रहरीले जाहेरीमा समेत प्रमाण नदेखेपछि डाइरेक्ट सरकारी वकिल बाट गएर राजनीतिक पहुँचका भरमा पक्राउ पुर्जी जारी गर्ने ? न्यायालय को त बिश्वास छैन कस्को बिश्वास रहयो र ? पारिश्रमिकमा काम गर्ने निर्देशक/सम्पादक र आफ्नो लगानिले डिजिटल राईट्स लिने कम्पनी संचालक जस्ता निर्दोष मान्छेलाई फसाउने यार सक्छौ भने मुख्य नाइकेलाई अगाडी ल्याउ म साथ दिन्छु । राजनीतिक शक्तिको चरम दुरुपयोग
कुरिकुरी नेपाल सरकार
प्रसाद-२ प्रकरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here