प्रस्तावित विधेयकमा चलचित्रकर्मीको असन्तुष्टि

काठमाडौँ, २१ असोज । ‘चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा २०८०’ का केही बुँदाहरूमा असहमति रहेको चलचित्रसँग सम्बन्धित सङ्घसंस्थाले निष्कर्ष निकालेका छन् ।
नेपाल चलचित्र निर्माता सङ्घको नेतृत्वमा चलचित्र निर्देशक समाज, चलचित्र सङ्घ, कलाकार सङ्घ, प्राविधिक सङ्घलगायत आठ संस्थाले प्रस्तावित विधेयकमा रहेका त्रुटि र असहमतिका विषयमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको ध्यानाकर्षण गराउँदै आफ्नो असहमतिबारे जानकारी गराएका छन् ।
प्रस्तावित विधेयकलाई स्वीकार गर्न नसकिने निष्कर्षसहित असहमतिका बारेमा जानकारी गराइएको निर्माता सङ्घका अध्यक्ष नवल खड्काले बताए । “चलचित्रकर्मीको सहमति, सहभागिता, भावना र पेसागत सुरक्षाको प्रत्याभूतिबिना परिकल्पना गरिएको यो विधेयक अघि नबढाउन माग गरेका हौँ”, उनले भने, “बोर्डको स्वायत्ता भन्दा बाहिर गएर बनाइएको विधेयकले चलचित्र क्षेत्रलाई कुनै फाइदा पुग्दैन ।”
आफ्नो असहमतिका विषयमा जानकारी गराइएपछि सकारात्मक संवाद भएको कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । उनले भने, “छलफल र कुराकानी सकारात्मक भएको छ । हामीले असहमति जनाएको विषय सम्बोधन हुनेमा आशावादी छौँ ।” चलचित्र विकास बोर्डले विधेयकको मस्यौदा वेबसाइटबाट सार्वजनिक गर्दै सुझावसमेत मागेको थियो । रासस
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ श्रावण १८, शनिबार १९:३२संखुवासभाबाट दमक जाँदै गरेको बस दुर्घटना, १४ घाइते, १ जनाको अवस्था गम्भीर
समाचार२०८२ श्रावण १८, शनिबार १८:००राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीको भेटवार्ता
कला, विचार/मनोरञ्जन२०८२ श्रावण १८, शनिबार १३:४७‘बुकी’ २०२६ मा रिलिज हुने, पोस्टर सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८२ श्रावण १८, शनिबार १३:०६सीता सुवेदीलाई माग्ने बुढाको सहयोग