‘दिमाग खराब’ भिडियो च्यालेन्ज, विजयीलाई डेढ लाख नगद

काठमाडौँ। कार्तिक २४ गतेबाट प्रदर्शनमा आउने निश्चल बस्नेत निर्देशित चलचित्र ‘दिमाग खराब’ आफ्नो पछिल्लो समय लोकप्रिय बनिरहेको ‘झम्के झमाझम’ बोलको गीतमा ‘डान्स स्टेप’ प्रतियोगिताको घोषणा गरेको छ।
निर्माण पक्षले ‘झम्के झमाझम’ बोलको गीतमा उत्कृष्ट टिकटक तथा यूट्यूव भिडियो बनाउनेलाई क्रमश: ५० हजार तथा डेढ लाख पुरस्कार दिने जनाएको छ । यसमा ५० हजार टिकटक भिडियो र डेढ लाख युट्यूब भिडियोका लागि छुट्याइएको छ ।
प्रतियोगितामा सहभागी हुने प्रतियोगीले टिकटक तथा यूट्यूबमा भिडियो बनाएर पोस्ट गर्नुपर्नेछ। भिडियो पोस्ट गर्दा प्रतियोगीहरुले #JHAMKEJHAMAJHAM-TIKTOKID र #DIMAGGKHARAB ह्यासट्यागको प्रयोग गर्नुपर्नेछ।
यसैगरी प्रतियोगीले आफूले बनाएको यूट्यूब भिडियोलाई cinemaart.np@gmail.com मा आफ्नो गुगल ड्राइभ लिंक पठाउनुपर्नेछ भने टिकटक भिडियो भने दिइएको ह्यासट्याग प्रयोग गरेर प्रतियोगीले आफ्नो टिकटक एकाउन्टमा पोस्ट गर्नसक्नेछन् ।
उत्कृष्ट भिडियो बनाउनेलाई नगद पुरस्कारसँगै सिनेमा आट्सको आगामी सिनेमामा काम गर्ने अवसर प्रदान गरिनेछ । ‘झम्के झमाझम’ गीत बाबुल गिरीको शब्द र संगीतमा तयार भएको हो भने यसमा नम्रता काफ्ले तथा सुमित खड्काको युगल स्वर रहेको छ ।
यस्तै गीतको भिडियोलाई शेखर घर्ती मगरले कोरियोग्राफी गरेका हुन् । सिनेमा आर्ट तथा ब्ल्याक हर्स सिनेमाको व्यानरमा निर्माण भएको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुस्कर गुरुङ, माओत्से गुरुङ, रमा थपलिया लगायतका कलाकारको मुख्य अभिनय रहेको छ। सामाजिक-राजनीतिक कथा पेस गर्ने सिनेमालाई आकाश बरालले लेखेका हुन् । यस्तै, निमेश श्रेष्ठको सम्पादन रहेको सिनेमामा सुशन प्रजापतिको छायाँकन रहेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन २४, आईतवार ००:२२हुम्लामा कांग्रेसका रोकाया विजयी
समाचार२०८२ फाल्गुन २३, शनिबार १६:५२लमजुङमा रास्वपाका केसी विजयी
समाचार२०८२ फाल्गुन २३, शनिबार १६:४१चितवन–३ मा रास्वपाकी गौतम विजयी
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन २३, शनिबार १५:२४अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘चलचित्रमा नारी’ कार्यक्रम आयोजना हुँदै








