भारतीय गायक रितो रिबा नेपाल आउंदै
![भारतीय गायक रितो रिबा नेपाल आउंदै भारतीय गायक रितो रिबा नेपाल आउंदै](https://celebritynepal.com/wp-content/uploads/2023/10/rito-riba-.jpg)
काठमाडौँ। भारतीय चर्चित गायक रितो रिबा नेपाल आउने भएका छन् । टौवा इभेन्ट , वेलहान इन्टरटेनमेन्ट र प्रतिक इभेन्टको आयोनामा यही असोज २७ गते शनिबार काठमाडौँको ठमेलस्थित फरेनहाइटमा लाइभ कन्सर्टका लागि रिबा नेपाल आउने भएका हुन् ।
२७ गते काठमाडौँमा हुने लाइभ कन्सर्टमा रिबाको बेजोड प्रस्तुति रहेको कार्यक्रम संयोजक विजय प्रसाद बस्यालले बताए । लाइभ कन्सर्टमा सहभागीका लागि ७ बजेदेखि नै खुल्ला गरिने छ । रिबा १० बजे स्टेज चडने आयोजकले जनाएको छ । लाइभ कन्सर्टमा प्रवेशका लागि १५ सय रुपैयाँ शुल्क लाग्ने कार्यक्रम संयोजक बस्यालले जानकारी दिए । टिकट अनलाइन बुकिङ्ख मार्फत गरिने उनले बताए ।
केहि समयअघि रितो रिबालाई इन्डियन आइडल १३ मा टप १५ मा स्थान दिइएन । शोको स्टेजमा उनलाई रिजेक्ट गरिए पनि सामाजिक सञ्जालमा निकै रुचाइएको छ । जजहरुको रिजेक्ट पछि नै उनको भाग्य चम्किएको छ ।
रितो रिबाको ‘तू मेरी हीर’ मिलिएन पटक हेरिएको छ । उनका चर्चित गित ‘इक तुहि’मेरी बना गी क्या चर्चामा रहेका छन् । रिबाले भारतमा सांगितिक क्षेत्रमा धमका मच्चाएका छन् । युवा पुस्तामा निकै लोकप्रिय गायकका रुपमा चिनिएका समेत छन् । भारतमा सयौँ सांगितिक कार्यक्रम सम्पन्न गरिरहेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप
समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न
समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न
समाचार२०८१ पुष १९, शुक्रबार २१:४९मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास