बागलुङमा सात सय २८ बिरामी लाभान्वित

गलकोट (बागलुङ) २६ असोज । बागलुङमा पहिलोपटक कलेजो र मिर्गौलाका बिरामीलाई लक्षित गरी सञ्चालन गरिएको शिविरबाट सात सय २८ जनाले लाभ लिएका छन् ।
पछिल्लो समय कलेजो र मिर्गौला रोगीका बिरामीको सङ्ख्यामा वृद्धि भइरहेको सन्दर्भमा यहाँको रोटरी क्लब अफ बागलुङले धवलागिरि अस्पतालमा बुधबार सञ्चालन गरेको दुईदिने ‘कलेजो र मिर्गौला परीक्षण शिविर’बाट सात सय २८ बिरामीले परीक्षण गराएका हुन् ।
रोटरी क्लब र रोट्रयाक्ट क्लब, इन्ट्रयाक्ट क्लब अफ होली चाइल्ड तथा न्यू ओयसीयसको आयोजना, धवलागिरि अस्पताल, बागलुङ नगरपालिका, स्वास्थ्य कार्यालय र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सहआयोजना एवं सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्राविधिक सहयोगमा दुई दिने शिविर सम्पन्न गरिएको हो ।
परीक्षण गरिएकामध्ये तीन सयको भिडियो एक्सरे गरिएको क्लबले जनाएको छ । २२ जना मिर्गौलाका क्रोनिक बिरामी र चार कलेजोका बिरामी फेला परेका क्लबका अध्यक्ष दीपेन्द्र घिमिरेले जानकारी दिए । उनका अनुसार चार जनाले मृत्युपछि अङ्गदान गर्ने सहमति जनाएका छन् ।
शिविरमा कलेजो र मिर्गौला बचाउनका लागि खानपानमा सुधार गर्नुपर्ने सल्लाह दिइएको थियो । शिविरमा एक सय दुईको मधुमेह परीक्षण गरिएको थियो भने परीक्षणका लागि आएका बिरामीलाई एक लाख बराबरको औषधि निःशुल्क वितरण गरिएको अध्यक्ष घिमिरेले बताए । सामाजिक कार्यमा सक्रिय क्लबको १८औँ स्थापना दिवसका अवसरमा शिविर सञ्चालन गरिएको उहाँको भनाइ थियो ।
“अनुचित खानपान र खराब जीवनशैलीका कारण पछिल्लो समय मिर्गौला र कलेजोका बिरामी वृद्धि भइसकेकाले शिविरबाट निःशुल्क सेवा दिइएको हो”, अध्यक्ष घिमिरेले भने, “शिविरमा पत्ता लगेका मिर्गौलाका क्रोनिक र कलेजोका बिरामीलाई थप उपचारका लागि सिफारिस गरेका छौँ ।”
निकै महँगो मानिएको कलेजो र मिर्गौलाको उपचार सेवा पाउँदा सहज भएको शिविरमा पुगेका सेवाग्राहीको भनाइ थियो । यहाँका नागरिकलाई कलेजो र मिर्गौलाको उपचार सेवा दिनुका साथै अङ्गदानका विषयमा पनि बुझाइएको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका चिकित्सक दीपा लामिछानेले बताए । यसरी परीक्षण गर्दा आगामी दिनमा हुनसक्ने शारीरिक क्षतिलाई कम गराउन सहयोग पु¥याउने उनको भनाइ थियो ।
लामिछाने नेतृत्वको एक दर्जन स्वास्थ्यकर्मीको समूहले मिर्गौला र कलेजोका बिरामीलाई सेवा प्रदान गरेको थियो । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १, मंगलवार २०:४९कमेडी दरबार’ सिजन ३ सुरु, नयाँ कलाकार र सेटसहित फर्कियो शो
समाचार२०८३ बैशाख १, मंगलवार १९:४९धादिङ समाज बेल्जियमको अध्यक्षमा दाहाल र महासचिवमा अर्याल निर्वाचित
समाचार२०८३ बैशाख १, मंगलवार १८:४२अखाद्य वस्तु भेटिएपछि बागमती स्विट्सको उत्पादन रोक्न निर्देशन
खेलकुद२०८३ बैशाख १, मंगलवार १४:०७ऊर्जा मन्त्रालयले तयार गर्यो नवीकरणीय ऊर्जा सम्बन्धी विधेयकको मस्यौदा







