Home समाचार बागलुङमा सात सय २८ बिरामी लाभान्वित

बागलुङमा सात सय २८ बिरामी लाभान्वित

1
0
बागलुङमा सात सय २८ बिरामी लाभान्वित

गलकोट (बागलुङ) २६ असोज । बागलुङमा पहिलोपटक कलेजो र मिर्गौलाका बिरामीलाई लक्षित गरी सञ्चालन गरिएको शिविरबाट सात सय २८ जनाले लाभ लिएका छन् ।

पछिल्लो समय कलेजो र मिर्गौला रोगीका बिरामीको सङ्ख्यामा वृद्धि भइरहेको सन्दर्भमा यहाँको रोटरी क्लब अफ बागलुङले धवलागिरि अस्पतालमा बुधबार सञ्चालन गरेको दुईदिने ‘कलेजो र मिर्गौला परीक्षण शिविर’बाट सात सय २८ बिरामीले परीक्षण गराएका हुन् ।

रोटरी क्लब र रोट्रयाक्ट क्लब, इन्ट्रयाक्ट क्लब अफ होली चाइल्ड तथा न्यू ओयसीयसको आयोजना, धवलागिरि अस्पताल, बागलुङ नगरपालिका, स्वास्थ्य कार्यालय र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सहआयोजना एवं सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्राविधिक सहयोगमा दुई दिने शिविर सम्पन्न गरिएको हो ।

परीक्षण गरिएकामध्ये तीन सयको भिडियो एक्सरे गरिएको क्लबले जनाएको छ । २२ जना मिर्गौलाका क्रोनिक बिरामी र चार कलेजोका बिरामी फेला परेका क्लबका अध्यक्ष दीपेन्द्र घिमिरेले जानकारी दिए । उनका अनुसार चार जनाले मृत्युपछि अङ्गदान गर्ने सहमति जनाएका छन् ।

शिविरमा कलेजो र मिर्गौला बचाउनका लागि खानपानमा सुधार गर्नुपर्ने सल्लाह दिइएको थियो । शिविरमा एक सय दुईको मधुमेह परीक्षण गरिएको थियो भने परीक्षणका लागि आएका बिरामीलाई एक लाख बराबरको औषधि निःशुल्क वितरण गरिएको अध्यक्ष घिमिरेले बताए । सामाजिक कार्यमा सक्रिय क्लबको १८औँ स्थापना दिवसका अवसरमा शिविर सञ्चालन गरिएको उहाँको भनाइ थियो ।

“अनुचित खानपान र खराब जीवनशैलीका कारण पछिल्लो समय मिर्गौला र कलेजोका बिरामी वृद्धि भइसकेकाले शिविरबाट निःशुल्क सेवा दिइएको हो”, अध्यक्ष घिमिरेले भने, “शिविरमा पत्ता लगेका मिर्गौलाका क्रोनिक र कलेजोका बिरामीलाई थप उपचारका लागि सिफारिस गरेका छौँ ।”

निकै महँगो मानिएको कलेजो र मिर्गौलाको उपचार सेवा पाउँदा सहज भएको शिविरमा पुगेका सेवाग्राहीको भनाइ थियो । यहाँका नागरिकलाई कलेजो र मिर्गौलाको उपचार सेवा दिनुका साथै अङ्गदानका विषयमा पनि बुझाइएको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका चिकित्सक दीपा लामिछानेले बताए । यसरी परीक्षण गर्दा आगामी दिनमा हुनसक्ने शारीरिक क्षतिलाई कम गराउन सहयोग पु¥याउने उनको भनाइ थियो ।

यो पनि पढ्नुहोस् :  ग्लोबल आइएमई बैंकको सञ्चालकमा ज्ञवाली नियुक्त

लामिछाने नेतृत्वको एक दर्जन स्वास्थ्यकर्मीको समूहले मिर्गौला र कलेजोका बिरामीलाई सेवा प्रदान गरेको थियो । रासस

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleभारतीय गायक रितो रिबा नेपाल आउंदै
Next articleदेशभरमा सात सय ३१ झोलुङ्गे पुलको निर्माण गरिने