धादिङबेशी बाट गंगाजमुना रि जाँदै गरेको जीप सातदोबाटोमा दुर्घटना, एकको मृत्यू

धादिङ । धादिङबेशी बाट गंगाजमुना रि जाँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ । आज बिहान अन्दाजी ११ः३० बजेको समयमा भे १ ज २६६९ नं. को जीप गङ्गाजमुना गाउँपालिका वडा नं. ४ सातदोबाटोमा पल्टेर सवारी दुर्घट्ना भएको हो ।
जीपमा सवार १७ जना यात्रु मध्ये गङ्गाजमुना गाउँपालिका वडा नं. २ स्थायी ठेगना भएको अन्दाजी १५ वर्षको बालक घट्नास्थलमै मृत्यु भएको थियो । जीपमा सवार २ जना सानो बच्चा सहित ५ जना सामान्य घाईते भई स्थानीय स्वास्थ्य चौकीमा लगेर प्राथामिक उपचार भईरहेको छ । जीपमा सवार अन्यको अवस्था सामान्य रहेको बताईएको छ ।
घटना पछि चालकलाई ईलाका प्रहरी कार्यालय, फुलखर्कले नियन्त्रणमा लिएको छ । अहिले मृतकको पोष्टमार्टमको लागि जिल्ला अस्पताल धादिङमा ल्याउने तयारी भईरहेको र घट्नास्थलमा नेपाल प्रहरी, गङ्गाजमुना गाउँप्रहरी, वडा अध्यक्ष तथा स्थानीय नागरिक सहितको टोलीले समन्वय भैरहेको बताईएको छ ।
सवारी दुर्घटनाको कारण उकालोमा ब्रेक फेल भएर भएको स्थानियहरुले बताएका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र १३, शुक्रबार १५:३६नवनियुक्त सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा पदभार ग्रहण
समाचार२०८२ चैत्र १३, शुक्रबार १३:३७यस्तो छ १५ सदस्यीय मन्त्रिपरिषद्
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १३, शुक्रबार ०९:२८‘हामी तीन भाइ’ प्रदर्शनमा | Celebrity Nepal
खेलकुद२०८२ चैत्र १३, शुक्रबार ०८:४२बाँकी ५० खेलको तालिका सार्वजनिक « रिपोर्टर्स नेपाल







