Home समाचार भानुभक्तलाई विद्यावारिधि

भानुभक्तलाई विद्यावारिधि

4
0

पोखरा । संस्कृत व्याकरणका विशिष्ट अध्येता एवं विन्दुवासिनी संस्कृत विद्यापीठ पोखराको व्याकरण विभागमा प्राध्यापन कार्यमा संलग्न उप प्रा.भानुभक्त आचार्यलाई नेपाल संस्कृत विश्वविद्यालयले सिद्धान्तकौमुदी श्लोक सिद्धान्तकौमुद्योस्समीक्षणात्मकानुशीलनम् शीर्षकका लागि विद्यावारिधि (P.H.D.) उपाधि प्रदान गरेको छ ।

सिद्धान्तकौमुदी भट्टोजिदीक्षितद्वारा विरचित प्रौढ एवं असाधारण ग्रन्थ हो भने श्लोकसिद्धान्तकौमुदी सिद्धान्तकौमुदीलाई विभिन्न शास्त्रीय छन्दमा संस्कार गरी नेपाली विद्वानबाट आधुनिक शिक्षाशास्त्रको शैलीलाई यथासंभव प्रयोग गरी तयार गरिएको विशिष्ट कृति हो । यी दुबै ग्रन्थका विषयवस्तुलाई विशेष अध्ययन , चिन्तन, मनन र अनुसन्धानका साथ छ अध्यायमा विभक्त गराई शोधप्रबन्ध आचार्यले निर्माण गर्नुभएको छ ।

संस्कृत व्याकरणका वैदिक, पौराणिक, आधुनिक परम्परा साथै नेपाली विद्वानहरुले शुरु गरेका संस्कृतमा व्याकरण लेखन परम्पराको समेत अनुशीलन गरी संस्कृत व्याकरणका नवीनतम पक्ष अनुसन्धान ग्रन्थमा समावेश गरिएका छन्।

जलजला-७, धाइरिङ्ग पर्वत स्थायी बसोबास भई हाल पोखरामा रहंदै आउनुभएका आचार्यले प्रारम्भिक शिक्षा फर्से धाइरिङ प्रा.वि. र शालग्राम गण्डकीवेद विद्याश्रम गलेश्वरधाम म्याग्दीबाट ग्रहण गर्नुभएको हो भने उच्चमाध्यमिक शिक्षा जनता विद्यापीठ दाङ्बाट प्राप्त गर्नुभएका आचार्यले शास्त्री एवं आचार्य उपाधि तीनधारा संस्कृत छात्रावासमा रही वाल्मीकि विद्यापीठ काठमाण्डौबाट हासिल गर्नुभएको छ । विद्यार्थी अवस्थादेखि नै संस्कृत व्याकरणमा विशेष अभिरुचि पूर्वक दख्खल राख्दै आउनुभएका आचार्यले सिद्धान्तकौमुदी र मैथिली विद्वान् सुरेश झा द्वारा निर्मित श्लोकसिध्दान्तकौमुदीको समीक्षणात्मक अनुशीलन गरी शोधकार्य सम्पन्न गरि विद्यावारिधि उपाधि प्राप्त गर्नुभएको हो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  स्याङजाको सुन्तला र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य कार्यक्रम बने सहकार्य गर्ने अध्यक्ष ढकालको प्रतिबद्धता
लेखकसँग सम्बन्धित खबरहरु
Previous articleधादिङबेशी बाट गंगाजमुना रि जाँदै गरेको जीप सातदोबाटोमा दुर्घटना, एकको मृत्यू
Next articleडा. बरालको “माया सिम्ले छौ कि जल्किनी” गीतको म्युजिक भिडियो आउँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here